आउनुहाेस्, आज तातोपानी धारामा आउने पर्यटककाे स्मरण लाई सुरक्षित बनाइदिने युवाकाे कथा पढाैं।
जुम्लामा चिसाे बढेसँगै तातोपानी धारामा पर्यटक पनि बढेका छन्। दिनहुँ सयाैं पर्यटक धारामा पुग्छन्। आन्तरिक तथा बाह्य पर्यटकहरु नसा सम्बन्धि राेग सञ्चाे हुने विश्वासका र प्राकृतिक तातोपानीकाे अनुभव लिने उदेश्यका साथ तातोपानी धारामा नुहाउन आउन्छन्,।
तातोपानीमा जमाना देखि कति आए, कति गए, यसकाे कुनै हिसाब छैन। कतिपयकाे त तातोपानी धारा पुगेकाे समझना केवल मानसपटलमा बाहेक अन्त कतै सुरक्षित छैन। न फाेटाे, न भिडियो न अरु कुनै यादगर सम्झना दिलाउने उपाय।
तिला नदिमा चिसाे पानी बगिरहेको छ। नदि किनारकाे धारामा प्राकृतिक तातोपानी झरिरहेकाे छ, अनवरत। पुर्खाैंदेखि। हिंउदकाे माइनस तापमानमा चिसाे पानीले नुहाउन मुस्किल पर्छ। यसकारण पनि तातोपानी धारा भरिभराउ भइरहन्छ। धारामा नहाइसकेपछि तिला नदि पारीकाे सुन्दरगाउँ र डाँगिबाडालाई पृष्ठभूमि पारेर फाेटाे र भिडियाे लिनेहरु तमाम भेटिन्छन्।
त्रिपल लेेन्स क्यामेराबाट आकर्षक फाेटाे भिडियाे खिचिदिन्छन्, तातोपानी २ बाबिराका विनाेद बुढाले। उनले भर्खरै तातोपानी धारा प्राङ्गणमा बाैद्व धर्मावलम्बीकाे ध्वजा लामवद्व बनाएर टाँगेका छन्। हरियाली सुखेर रुखाे खडेरी सुरु भएपछि फाेटाे र भिडियो आकर्षक बनाउन उनले व्याक्तिगत खर्चमा यसाे गरेका हुन्। उनकाे याे कदमले धार्मिक सहिष्णुतालाई पनि टेवा पुर्याएकाे छ।
त्यसाे त जुम्लामा बनेकाे बाैद्व स्तुपाले याे सवाललाई अझ सशक्त बनाएकाे छ। बहु भाषिक, बहु धार्मिक मुलुक नेपालमा धार्मिक सहिष्णुता कायम छ।
बाबिराका विनाेद बुढाले तातोपानी धारा प्रांगणमा २ वटा लभकाे प्रतिमा बनाउने याेजना सुनाए। व्याक्तिगत खर्चमा भएपनि लभकाे प्रतिमा बनाएर आगन्तुक पाहुनाकाे आकर्षक फाेटाे भिडियाे खिच्ने साेचमा छन्, विनाेद। सामाजिक सञ्जालकाे बढ्दाे प्रयाेगले मान्छेलाई नयाँ नयाँ फाेटाे र भिडियाेकाे लागि उत्सुक बनाइरहन्छ। याे नयाँ परिवेशलाई बुझेका विनाेदले ४/५ महिना अघि बाट तातोपानी धारालाई कर्मस्थल बनाएर दिनहुँ काम गरिरहेका छन्।
फाेटाे भिडियो बाट उनले राम्रै आम्दानी गरिरहेका छन्। जाँगर, रुचि र काम प्रतिकाे लगाव भए गाउँघरमै पनि आयआर्जनमा जाेडिन सकिने उनले बताए । तातोपानी धारामा फाेटाेग्राफि गरेर उनले आफ्नाे कमाइ मात्र जाेडेका छैनन, धेरैकाे तातोपानी यात्रालाई स्मरणीय र यादगार बनाइदिन्छन्।
विनाेद सँगै उनका साथि पनि फाेटाेग्राफी गरिरहेका छन्। हिउँदमा अझ भिडभाड हुने तातोपानीमा दिनमा २ हजार सम्म कमाइ भइरहेकाे विनाेदले सुनाए। तातोपानीमा २ ठुला धारा छन्,। जाे महिला र पुरुषका लागि छुट्याइएका छन्। २ धारा साना छन्। साथमा पाेखरि पनि छ। यसाे हुँदा भिँडलाई कम गर्न मद्दत पुगेकाे छ। जति चिसाे बढिरहेकाे छ, पर्यटक पनि त्यहि मात्रामा बढिरहेका छन्, फाेटाेग्राफीबाट आम्दानी पनि ।

