जुम्लाकाे तातोपानीका बालबालिकालाई न्यानाे कपडा र खाद्यान्न वितरण

जुम्लाकाे तातोपानी गाउँपालिका भित्रका विपन्न बालबालिकालाई न्यानाे कपडा र खाद्यान्न वितरण गरिएकाे छ। तातोपानी गाउँपालिका भित्रका १ सय ५५ जना विपन्न बालबालिकालाई न्यानाे कपडा वितरण गरिएको हाे। यस्तै १ सय जनालाई खाद्यान्न वितरण गरिएको हाे।
सेभ द चिल्ड्रेन, किर्डाक नेपाल जुम्ला सहयात्रा तेसाे परियाेजनाकाे सहयाेग र ताताेपानि गाउँपालिका, वडा बाल अधिकार समितिकाे समन्वय मा २५५ जना लाई न्यानाे कपडा तथा खाद्यान्न वितरण गरिएकाे हाे।
जुम्लामा चिसाे बढेपछि तातोपानी का १ सय ५५ जना बालबालिकालाई ज्याकेट, टाेपी, टाउजर वितरण गरिएकाे किर्डाक नेपाल सहयात्रा तेस्राे परियाेजना संयाेजक प्रकाश बहादुर शाहीले जानकारी दिएका छन्।
यस्तै संरक्षणकाे आवश्यकता परेका ५५ बालबालिकालाई २ बाेरा चामल, ५ लिटर तेल र ५ किलाे दाल वितरण गरिएको उनले बताए । पालिकाभरका २ सय ५५ बालबालिकालाई १० लाख बराबरको न्यानाे कपडा र खाद्यान्न वितरण गरिएको हाे।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस