जुम्ला काे कनकासुन्दरी गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२/०८३ का लागि नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याएको छ। जुम्लाका आठवटा स्थानीय तहमध्ये नयाँ नीति कार्यक्रम र बजेट ल्याउने कनकासुन्दरी गाउँपालिका बनेको छ।
कनकासुन्दरी गाउँपालिकाकि उपाध्यक्ष प्रेमकली बुढाले आज ५० कराेड बराबरकाे नयाँ बजेट प्रस्तुत गरेकाे प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले जानकारी दिए। आर्थिक वर्ष २०८२/०८३ मा हाम्रो गाउँपालिकाको जम्मा बजेट ४९ करोड ७१ लाख ७३ हजार ९ सय ९६ रुपैया बजेट प्रस्तुत गरिएको छ।
नीति तथा कार्यक्रम भने गाउँपालिकाका अध्यक्ष दामाेदर आचार्यले प्रस्तुत गरेका छन्। आर्थिक वर्ष २०८२/८३ काे नीति, कार्यक्रम र बजेटमा शिक्षा, कृषि, स्वास्थ्य जस्ता क्षेत्र प्राथमिकतामा पर्ने बताइएको छ।
कुल ८ वटा वडा रहेकाे ऐतिहासिक विरासत बाेकेकाे कनकासुन्दरी गाउँपालिकामा पूर्वाधार विकास, सामाजिक सशक्तीकरण तथा पर्यटकीय क्षेत्रलाई संवेदनशील रुपमा लिइएको छ।
कनकासुन्दरीका केही वडा जटिल भूगाेलका भएकाले विकासमा चुनाैति छ। कनकासुन्दरी का वडा नम्वर १,२ र ३ का बस्तीहरु भाैगाेलिक कठिनाई का कारण अझै पछि परेका छन्। यद्यपि संघीयता पछि सकारात्मक परिवर्तन भने भइरहेकाे छ।

