जुम्लामा बाल न्याय प्रणाली सम्बन्धि एक दिवसीयि अनुशिक्षण कार्यक्रम सम्पन्न

जुम्लामा न्याय प्रणाली सम्बन्धि एक दिवसीयि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला अदालत जुम्लाकाे आयाेजना, सेभ द चिल्ड्रेनकाे सहयाेेग र किर्डाक नेपालकाे सहजीकरणमा बाल न्याय प्रणाली सम्बन्धि एक दिवसीयि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हाे।
जिल्ला अदालत जुम्लाकाे सभाहलमा भएकाे अनुशिक्षण कार्यक्रममा जिल्ला न्यायाधीश, प्रहरी प्रतिनिधि, बाल न्याय सम्बन्धि काम गर्ने निकायका सराेकारवालाहरुकाे सहभागिता रहेकाे थियाे।
बालबालिका सम्बन्धि का कामलाई बालमैत्री तवरबाट सम्पन्न गर्नका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका बारेमा छलफल गर्ने तथा आपसी समन्वयमा सरलता ल्याउन कार्यक्रमकाे आयाेजना गरिएको हाे।
बालबालिकाका सवालमा न्याय निरुपण गर्ने निकायका प्रुमख तथा प्रतिनिधि बिच बाल न्याय प्रणालीका सवालमा व्यापक छलफल भएको छ।
जुम्लामा बाल न्याय समिति छ। गत वैशाख ५ गतेकाे बैठकले बाल न्याय सम्बन्धि अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकाे थियाे। साेहि अनुसार अनुशिक्षण कार्यक्रम आयाेजना गरिएको हाे।
बाल न्याय प्रणाली संवेदनशील भएकाेले यसमा भएका कानुनी व्यवस्था र अभ्यास बारे छलफल भएकाे जिल्ला अदालत जुम्लाका श्रेस्तेदार महेन्द्र प्रसाद पाैडेलले बताए ।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस