जुम्लाकाे तिला गाउँपालिका वडा नम्बर ३ मा आगलागीबाट १ जनाकाे मृत्यु भएकाे छ। तिला ३ कुडारीमा घर आगलागी हुँदा पाहाडा लुम्सेराका करिब १५ वर्षिया किशाेर क्षितिज खत्रीकाे मृत्यु भएकाे छ।
घर आगलागीबाट पाहाडा लुम्सेराका देविकृष्ण खत्रिका छाेरा क्षितिज खत्रिकाे मृत्युु भएकाे तिला गाउँपालिकाका अध्यक्ष माेतिलाल राेकायाले जानकारी दिएका छन्। घटनास्थलमा पुगेका स्थानीयका अनुसार घरमा आगलागी हुँदा सुतेकै अवस्थामा निस्सासियर आगाेकाे प्रभावले मरेकाे हुन सक्ने आशंका गरिएको अध्यक्ष राेकायाकाे भनाइ छ।
घटना राति १ बजे मात्रै थाहा भएकाे थियाे। अहिले तिलाका जनप्रतिनिधि र कर्मचारीलाई घटनास्थल मा जान निर्देशन दिइएको समेत अध्यक्ष राेकायाले बताए ।
मृतक किशाेर क्षितिज का बुवा विदेश रहेकाे र आमा जिल्ला बाहिर रहेको समेत अध्यक्ष राेकायाले बताए । शव पाेस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकाे छ। अध्यक्ष राेकायाका अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाकाे टाेली घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको छ।
