आगलागी पीडितलाई जुम्ली युवा अमर विष्टकाे १० हजार सहयाेग

जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ८ का आगलागी पीडित सन्देश शाहिकाे परिवार लाई मनकारी जुम्ली युवा अमर विष्टले नगद १० हजार रुपैंया सहयोग गरेका छन्। आगलागी बाट पीडित परिवारकाे तत्कालीन समस्या समाधानमा सहयाेग पुगाेस भन्ने उदेश्यले सहयाेेग गरेकाे युवा अमर विष्टले बताए ।
आज आगलागी भएकाे घरमै पुगेर युवा विष्टले सहयाेग प्रदान गरेका हुुन्। आगलागीबाट सन्देश शाहकाे घरमा झण्डै १३ लाख सम्मकाे क्षति भएकाे छ। राहत र पुनर्स्थापना का लागि सबै पक्षले ध्यान दिन जरुरी रहेका छ।
अमर विष्ट तिनै युवा हुन जसले जुम्लामा बेलाबखत आपत विपद र समस्या आइपर्दा समाज सेवाकाे काम गर्छन।

प्रकाशित मिति : २०८२ फाल्गुन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस