डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका–३ रातजुरस्थित भित्री कच्ची सडक खण्डमा भएकाे बोलेरो जिप दुर्घटना परेर १ जनकाे मृत्यु दुई जना गम्भीर घाइते भएका छन्। त्रिपुरासुन्दरी नगरपालिका -३ सुँका अन्दाजी ५५ वर्षीय धनचन्द्र धरलाकाे उपचारकाे क्रममा जिल्ला अस्पताल दुनैमा पुर्याउदा चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरी नायव उपरीक्षक रुक बहादुर खडकाले जानकारी दिए ।
माघ २९ गते विहान करिब ११:०० बजे त्रिपुराकोटबाट सु जिउ गाउँतर्फ जाँदै गरेको ग १ ज ८०९९ नम्बरको बोलेरो जिप एक्कासि अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।गम्भीर घाइते हुनेहरूमा त्रिपुरासुन्दरी नगरपालिका–३ सु बस्ने अन्दाजी ३१ वर्षीया रमा बोहरा,सोही स्थानका अन्दाजी ३१ वर्षीय सुकलाल गुरुङ रहेका छन्।
जिप चालक सल्यान जिल्ला कुमाख गाउँपालिका ४ सानपिप्ली घर भई हाल त्रिपुरासुन्दरी नगरपालिका १ बस्दै आएका २५ वर्षीय यलिस कुमार बुढाथोकी रहेका छन्। दुर्घटनामा चालकसहित ४ जना सवार सवार थिए । दुई जना घाइतेकाे जिल्ला अस्पताल दुनै उपचार भईरहेकाे छ। चालकलाई सामान्य अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।
