जुम्लामा ४५ जनालाई दिइयाे वातावरण मैत्री इन्टरलक इट्टा प्रयाेगकाे तालिम

जुम्लामा ४५ जनालाई वातावरण मैत्री इन्टरलक इट्टा प्रयाेग गर्ने सम्बन्धि दुई दिने तालिम दिइएको छ। जनता उद्योग प्राली भेरी गंगा सुर्खेतकाे आयाेजना, चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका जुम्लाकाे समन्वय र उत्तम निमार्ण सेवाकाे सह आयाेजनामा जुुम्लामा ४५ जना मिस्त्रिलाई वातावरण मैत्री इन्टरलक इट्टा प्रयाेग गर्ने सम्बन्धिकाे तालिम प्रदान गरिएकाे हाे।
डब्लु एफपि काे कार्यक्रम अनुसार चन्दननाथ र पातारासीका सामुदायिक विद्यालयमा भान्सा घर निर्माण हुदैछन्। भानसाघर निर्माणकाे जिम्मेवारी उत्तम निर्माण सेवाले पाएकाे छ। वातावरण मैत्री इन्टरलक इट्टा प्रयाेग गर्ने सीप लिने सबै मिस्त्रि उत्तम निर्माण सेवाकाे भान्साघर निर्माणमा जाेडिएका छन्। भान्साघरमा यहि इट्टा प्रयोग हुुने उत्तम निर्माण सेवा का प्राेजेक्ट म्यानेजर इन्जिनियर सुरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन्।
जुम्लाकाे पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाका सामुदायिक विद्यालयमा नयाँ भान्सा घर निर्माणमा संलग्न ४५ जना मिस्त्रिलाई वातावरण मैत्री इन्टरलक इट्टा प्रयाेग गर्ने तालिम दिइएको जनता उद्योग प्राली प्राेप्राइटर पवित्रा खरेल कठायतले जानकारी दिएकि छन्।
उनकानुसार तालिममा सहभागीहरुले चन्दननाथ र पातारासीका सामुदायिक विद्यालयका भान्सा घर निर्माण गर्ने छन्। झण्डै २ महिना भान्सा घर निर्माणमा जाेडिएपछि तालिम प्राप्तकाे प्रमाणपत्र समेत प्रदान गरिने उनले बताइन। याे तालिमले राेजगारी समेेत सृजना गर्ने बताइन। चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाका सामुदायिक विद्यालयमा बन्ने भान्साघरमा वातावरण मैत्री इन्टरलग इट्टा प्रयाेग गरिने भएकाे छ। तालिममा सहभागी हरु नै भान्सा घर निर्माणमा संलग्न हुनछन्।
यसरी हेर्दा याे तालिम निकै प्रभावकारी देखिन्छ। सिकेकाे सीप तत्काल प्रयाेगमा आउनु सकारात्मक भएकाे चन्दननाथ नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर महत बताए। वातावरण मैत्री इन्टरलक इट्टा प्रयाेगकाे सीप जुम्लालामा नयाँ भएकाेले पनि सहभागीहरुले निकै उत्सुकताका साथ तालिम लिएकाे आयाेजकले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस