तातोपानी गाउँपालिका स्तरीय चित्रकला प्रतियाेगितामा कालिका मावि टाेप्ला प्रथम

तातोपानी गाउँपालिका स्तरीय चित्रकला प्रतियाेगितामा कालिका मावि टाेप्ला प्रथम भएको छ। सेभ द चिल्ड्रेन, किर्डाक नेपाल सहयात्रा तेसाे परियाेजना काे आर्थिक सहयाेगमा आज हिमशिखर माविमा सम्पन्न चित्रकला प्रतियोगितामा तातोपानी ८ काे कालिका मावि टाेप्ला प्रथम भएकाे छ। यस्तै दुर्गा माविले समेत टाेप्लाकाे बराबर अंक ल्याएपछि याे विद्यालयलाई समेत प्रथम मान्यता दिइएको छ।

कालिका मावि टाेप्लाका विकास शाहिले प्रथम , दुर्गा मावि लाम्राका देवराज कामीले समेत प्रथम नेत्रज्याेति मावि कि प्रमाणकृति कामीले द्वितीय स्थान प्राप्त गरेका छन्। प्रतियोगितामा कुल १५ जनाले सहभागिता जनाएका थिए। बालबालिका हरुलाई जलवायु परिवर्तन ले पारेकाे प्रभाव बारे ज्ञान सीप प्रदान गर्नका लागि याे कार्यक्रम आयाेजना गरिएकाे किर्डाक नेपाल का परियाेजना सयाेजक दिपेश आचार्यले बताएका छन्, ।

याे शुक्रबारकाे अवसर पारेर कार्यक्रम गरिएकाे हिमशिखर मावि का प्रधानाध्यापक धन बहादुर राेकायले जानकारि दिएका छन्, । विद्यालय, वडा समुदायमा शिक्षा बाल अधिकार, बाल सरक्षण, जलबायु परिवर्तन र याैन तथा प्रजनन स्वास्थ्य अधिकारकाे बिगत १ बर्षबाट काम गर्दै किर्डाक नेपाल का बाल अधिकार शासन तथा बाल सरक्षण परियाेजना सयाेजक प्रकाश बहादुर शाहि जानकारि दिएका छन्,। सबैलाई पुरुस्कार पनि वितरण गरिएकाे छ।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस