जुम्लाकाे गुठिचाैरले सुशासन कायम गर्न कठाेर कदम चाल्याे

जुम्लाकाे गुठिचाैर गाउँपालिकाले सुशासन कायम गर्न कठाेर कदम चाल्ने भएकाे छ। आज पत्रकार सम्मेलन मार्फत गुिठचाैर गाउँपालिकामा सुशासन कायमका लागि कठाेर कदम चाल्ने घाेषणा गरिएको हाे।
पत्रकार सम्मेलनमा बाेल्दै गुठिचाैर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले करार कर्मचारी सँगकाे सम्झाैता रद्द गर्ने, आफूले पालिकाकाे गाडि नचढ्ने, सरकारी सवारीसाधनकाे लकबुक राख्ने, काम बाहेक जथाभावी चलाउन नपाउने, सरकारी बाइक घर लिन नपाइने, अनावश्यक खाना, खाजाकाे बिल पेस गर्न नपाइने जस्ता कुरा हरु लागू गरिने अध्यक्ष बुढाले बताए ।
विगतका भूूलहरु सच्याउदै गुठिचाैर गाउँपालिकामा सुशासन र पारदर्शीता कायम गरिने अध्यक्ष बुढाले प्रतिबद्धता जाहेर गरेका छन्।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस