
जुम्लाकाे तिला गाउँपालिका वडा नम्बर ४ नुवाकोट गाउँका पद्मलाल हमालका परिवार घर बिहिन बनेका छन्। पुरानाे घर वर्षाले भत्किए पछि उनिहरु घर बिहिन बनेका हुन्। उमेरले ५५ कटेका पद्मलालकाे आयस्रोत नभएपछि भत्किएको घर ठड्याउन सकिरहेका छैनन्। उनी सँग उनकि श्रीमती र १ छाेरी साथमा रहेका छन्।
बस्ने घर नभएपछि कहिले लेकमा बस्न जान्छन् त कहिले गाउँलेकाे घरमा बास माग्छन्। १ वर्ष अघि घर भत्केपछि पानी नपरेको दिन भत्केर बचेकाे १ काेठामा बस्छन्, भने पानी पर्याेभने कि लेक कि गाउँलेकाे घरमा बस्छन्।१ छाेरी बिहे गरेर पठाएका उनी सँग सानि छाेरी र श्रीमती साथमा छन्। उनकाे परिवारकाे बिचल्ली भइरहेकाे तिला ४ नुवाकाेटका युवा तिलकराज खत्रीले जानकारी दिए। पद्मलाल दम्पतीकाे दुख कसैले बुझ्न नसकेको तिलकराज खत्रीले बताए । स्थानीय सरकार छ, तर अहिले सम्म कुनै वास्ता छैन। घामपानी छेक्ने घर नभएपछि बुढाे शरिरलाई पद्मलाल कहिले लेककाे गाेेठमा पुगेर ओत लाउन्छन् त कहिले गाउँलेकाेमा बास माग्छन्।
उनी एक्लाे मात्रै भएकाे भए पनि समस्या त्यति हुन्थेन, उनी सहित परिवारमा तीन जना छन्। सहयागी हातहरुले पद्मलालकाे घर ठडिन्थ्याे कि भनेर अहिले नुवाकोटका केही युवा लागिपरेका छन्। खुला मन र आत्मीय भावना भएकाले सहयाेग गर्न अपिल समेत गरिरहेकाे नुवाकाेटका अर्का युवा हस्त नेपालीले बताए । तिलाका युवा तिलकराज खत्री, निराजन गाैतम र हस्त नेपाली लगायतका युवाले सहयाेग जुटाउन अभियान थालेका छन्।