जुम्लाकाे भेरिखाेलामा धार्मिक मेला सुरु

जुम्लाकाे भेरिखाेला क्षेत्रमा भदाै पुर्णिमामा लाग्ने धार्मिक मेला आजबाट सुरु भएकाे छ। जुम्लाकाे तातोपानी गाउँपालिका वडा नम्बर ७ र ८ (भेरिखाेला) का ताम्ती, सुर्की, बारागाउँ, टाेप्ला र डुंग्री गाउँमा धार्मिक मेला पुज्न सुरु भएकाे हाे।
वर्ष भरिकै ठुला धार्मिक मेलामा मालिकि, नदै, ढिगेली, मछलाे, महादेव, भैयर, साठी पित्त, खाेले र कैलास लगाएतका देवता पुजिन्छ। मेलामा तातोपानी, तिला गाउँपालिका लगायत जाजरकोट क्षेत्रबाट समेत जात्रु भेरिखाेला पुग्छन्।
यस पटककाे मेलामा धामी नाच, देउडा, चुट्किला खेल्ने गरिन्छ ।खासगरी वर्षभरि भेट नभएका आफन्त यस पटककाे मेलामा भेटघाट हुने ताम्तीका स्थानीय दलु रावतले बताए ।

प्रकाशित मिति : २०८२ भाद्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस