जुम्लाकाे चन्दननाथ नगरपालिका भित्रका सामुदायिक विद्यालयमा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकुलन विषयमा गरिएका गतिविधिहरुको समिक्षा गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय तथा प्राविधिक सहयोगमा स्वीस रेडक्रसको आर्थिक सहयोग तथा चन्दननाथ नगरपालिकासँगको सहलगानीमा नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाद्वारा सञ्चालित शहरी पूर्वतयारी तथा आपत्कालिन प्रतिकार्य प्रवर्द्धन परियोजना अन्तरर्गत गतिविधिहरु सञ्चालित विद्यालयहरुको विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकुलन विषयमा गरिएका गतिविधिहरुको समिक्षा गर्न तथा विद्यालय विपद् व्यस्थापन समितिद्वारा सञ्चालित गतिविधिहरुको समग्र रुपमा समिक्षा गरिएको हाे।
विद्यालय सुधार योजनामा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी गतिविधिहरुको एकीकरणको बारेमा विद्यालयहरु साथै स्थानीय स्तरका विशेष गरी शिक्षा शाखालाई संवेदनशिल बनाउने उदेश्यका साथ समिक्षा कार्यक्रम गरिएको हाे।
समिक्षा कार्यक्रममा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकुलन सम्बन्धी गरिएका पहलहरुको विद्यालयहरुबीच सिकाई आदान प्रदान गरिएकाे छ। चन्दननाथ नगरपालिका का शिक्षा शाखा प्रमुख खडानन्द चाैंलागाई ले चन्दननाथ का ११ विद्यालयमा नेपाल रेडक्रस साेसाईटी जुम्लाकाे सुपर परियाेजना लागू भएकाे छ। उनले चन्दननाथमा स्थानीय पाठ्यक्रममा विपद् तथा जलवायु परिवर्तन अनुकुलनका विषय समेटिएको बताए ।
चन्दननाथ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तिलकप्रसाद न्याैैपानेले विद्यालयमा विपद् व्यवस्थापन, प्रतिकार्य का क्रियाकलाप सञ्चालन हुनु एक राम्रो उपलब्धि भएकाे बताए । विपद् सँग लडिरहदा विद्यार्थी माझ यसका विषयमा व्यापक छलफल, बहस र पूर्वतयारी ले नगरपालिकालाई नै सुरक्षित बनाउन मद्दत गर्ने वडा अध्यक्ष न्याैपानेकाे भनाइ छ।
