जुम्लामा साउने सक्रान्ति घरघरमा राँकाे बालेर, लुताे फालेर मनाइयाे

जुम्लामा आज साउने सक्रान्ति घरघरमा राँकाे बालेर, लुताे फालेर मनाइएको छ। हरेक वर्ष कर्णाली प्रदेशकाे जुम्लामा घरघरमा राँकाे बालेर, लुताे फालेर साउने सक्रान्ति मनाइन्छ। जुम्लामा याे पर्वलाई निकै महत्त्वका साथ मनाउने गरिन्छ। जब साउन १ गते जब साँझ छिप्पिदै जान्छ, तब जुम्लीका घरघरमा आगाेकाे राँकाे चम्किदै जान्छ।
नदि वारपारका गाउँमा लस्करै बालिएका राँकाेले निकै सुन्दर दृश्य निर्माण गर्छ। असार महिनाभर किसानहरु कामकाे चटाराेले हिलाे, माटाे र धुलाे सँग खेल्छन्, जब साउन लाग्छ, तब हिलाेमैलाे पखाली घर परिवारका साथमा साउने सक्रान्ति भव्य रुपमा मनाउन्छन्। टाढाका छाेरी चेलीहरु माइत जाने, आफन्तजन, इष्टमित्र जम्मा भएर बेलुकी पख विभिन्न मिठा मिठा भाेवनका साथ साउने सक्रान्ति मनाइन्छ। यद्यपि साउनमा मासु खानु हुदैन भन्ने प्रचलन छ।
जुम्लामा आज लुताे फालेर साउने सक्रान्ति मनाउदा थाल ठटाउने, शङ्ख फुक्ने, सिटि बनाउने तथा घण्ट बजाउने गरिन्छ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस