
जुम्लाकाे तातोपानी गाउँपालिका वडा नम्बर २ जर्मीमा बालविवाह विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ। सेभ द चिल्ड्रेन, किर्डाक नेपालकाे सहयोग र भेरीखाेला मल्टिप्रपाेज मिडिया प्रालिकाे समन्वयमा तातोपानी २ जर्मीमा सडक नाटक प्रदर्शन गरिएको हाे।
कानुनले अपराध मानेकाे बालविवाह अहिले पनि गाउँ समाजमा लुकिछिपि भइरहेकोले बालविवाह अन्त्यका लागि बल पुगाेस् भन्ने उदेश्यका साथ जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको सहयात्रा तेस्राे परियाेजना संयाेजक बाल अधिकार शासन तथा बाल सरक्षण अधिकृत प्रकाश बहादुर शाहीले बताएका छन्।
जर्मीमा प्रदर्शन गरिएको सडक नाटकमा स्थानीय अभिभावक, हिमशिखर मावि तातोपानी का विद्यार्थी, तातोपानी धारामा पुगेका आगन्तुक लगायतको उपस्थिति रहेकाे थियाे।
बालविवाह न्युनिकरणका लागि याे सडक नाटकले महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको हिम शिखर मावि तातोपानी का प्रधानाध्यापक धन बहादुर राेकायाले बताए । सडक नाटकमा बालविवाह का असरहरु, कानुनि दण्ड सजायका कुरा र सामाजिक, व्याक्तिगत हानि नाेक्सानी जस्ता पक्ष समेटिएकोले याे समुदाय र किशाेर किशाेरीकाे चेतना अभिवृद्धिमा फलदायी हुने उनले बताएका छन्।
यस्तै लिताकाेेट प्रहरी चाैकिका असइ दल बहादुर बस्यालले बालविवाह गरेका ३ वर्ष कैद र ३० हजार रुपैया जरिवाना हुने बताए । बालविवाह राेक्न सबै पक्ष जिम्मेवार रुपमा लाग्नु पर्ने उनले बताए ।