जुम्लामा एकसाथ १० वटा विद्युतिय भ्यान भित्रिएका छन्। तिला कर्णाली यातायात प्रालीले असार २६ गते एक साथ १० वटा विद्युुतिय भ्यानहरु भित्र्याएको हाे। विश्व बजारमा ख्याति कमाएका र जुम्लाका लागि उपयुक्त मानिएका विद्युुतिय भ्यान जुम्लामा भित्र्याइएकाे हाे।
जुम्लामा पहिलाे पटक विद्युतिय भ्यान पुगेपछि जुम्लीबासीले भव्य स्वागत समेत गरेका छन्। बाजागाजा बजाउदै अबिर मालाले स्वागत गरिएको छ।

इन्धनबाट चल्ने भ्यानलाई प्रतिस्थापन गर्दै कम्पनिबाट नयाँ १० वटा विद्युुतिय भ्यान ल्याइएको तिला कर्णाली यातायात प्रालीका अध्यक्ष पदम बहादुर भण्डारीले बताएका छन्। प्रति भ्यान ४५ लाख ९५ हजार मूल्य पर्ने बताउदै उनले इन्धनबाट चल्ने गाडि कम्पनि सँग साटफेर गरेर पैसा थपेर विद्युुतिय भ्यान ल्याइएको उनले बताए ।
एक पटक पुर्णरुपमा चार्ज गरिसकेपछि २०० किलाेमिटर गुड्ने भएकोले जुम्ला बसपार्क, नाग्म र गुठिज्युलामा चार्ज स्टेसन बनााइने छ। विद्युुतिय गाडिले भाडा समेत सहुलियत गर्ने अध्यक्ष भण्डारीले नयाँ कर्णालीलाई बताए । वातावरण स्वच्छ सफा हुनुका साथै खर्चका हिसाबले समेत सहुलियत पर्ने हुँदा जुम्लामा विद्युुतिय भ्यान भित्राइएकाे उनले जानकारि दिए।
पहिलाे चरणमा १० वटा इलेक्ट्रोनिक भ्यान भित्र्याएको तिला कर्णाली यातायात प्रारालीले पुन १० वटा भ्यान थप्ने रणनीति बनाएकाे समितिले जनाएको छ।

