तिलाकाे ८ नम्बर वडा बालविवाह मुक्त घाेषणा

जुम्लाकाे तिला गाउँपालिका वडा नम्बर ८ लाई बालविवाह मुक्त घाेषणा गरिएकाे छ। हामी सबैकाे बाल अधिकारमा आवद्धता बालमैत्री सुशासन तिला गाउँपालिकाकाे प्रतिवद्वता भन्ने नाराका साथ तिला ८ लाई बालविवाह मुक्त वडा घाेषणा गरिएको तिला गाउँपालिकाकि महिला तथा बालबालिका शाखा प्रमुख गाैरी थापाले जानकारी दिएकि छन्।
पालिकामा विभिन्न समयमा सामाजिक कुरिति र दण्डनीय अपराध मानिएकाे बालविवाह विरुद्ध सचेततामूलक कार्यक्रम तथा अभियान चलाएर न्युनिकरण गर्ने अभ्यास गरिएकाे उनले बताइन। तिला गाउँपालिका, किर्डाक नेपाल काे संयुक्त पहलमा सामाजिक कुरिती न्युनिकरणमा काम भइरहेकाे उनले बताइन।
तिला गाउँपालिकाका कुल ९ वटा वडा मध्य २ वटा वडा ( ६ र ८ नम्बर) लाई बालविवाह मुक्त घाेषणा गरिएको तिला गाउँपालिकाकि उपाध्यक्ष गाेरिकला बुढाले बताइन्। अन्य वडा लाई पनि क्रमिक रुपमा घाेषणा गरिने उनले बताइन्।
गरिबी, अशिक्षा र अज्ञानताका कारण बालविवाह हुने गरेपनि अहिले बालक्लबकाे अगुवाइमा गाउँगाउँमा सचेतना फैलाउन थादिएपछि सकारात्मक परिवर्तन भएकाे शिक्षा ज्याेति बालक्लबका अध्यक्ष गेघ बहादुर रावतले बताए।
तिला ८ का पुरु र जुम्लाकाेट गाउँमा घरदैलाे अभियान गरेर किशाेरकिशाेरी र अभिभावक लाई बालविवाह का बारेमा कानुनि कुराका साथै यसका असरबारे सुचित गरिएको उनले बताए । पहिले व्यापक रुपमा हुने बालविवाह अहिले निकै घटेकाे उनले सुनाए। बालक्लबकाे सक्रियताले अहिले बालविवाह मुक्त वडा घाेषणा गर्न सफल भएकाे उनले बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस