तातोपानीमा जनप्रतिनिधि तथा कर्मचारीहरुलाइ सूचना प्रबिधि सम्बन्धी तालिम प्रदान

जुम्लाकाे तातोपानी गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुलाइ सूचना प्रबिधि सम्बन्धी तालिम प्रदान गरिएको छ। तातोपानी गाउँपालिकाकाे आयाेजनामा जनप्रतिनिधि तथा कर्मचारीहरुलाइ सूचना प्रबिधि सम्बन्धी तालिम प्रदान गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले बताएका छन्।
डिजिटल युगमा साइबर समस्या थपिदै गएका बेला डेटा सुरक्षित राख्ने उपायहरु सिकाउन तथा डिजिटल उपकरणहरु प्रयोग गर्दा अपनाउनु पर्ने सतर्कता बारे सचेत बनाउन तालिम सञ्चालन गरिएको अध्यक्ष चाैंलागाईले नयाँ कर्णालीलाई जानकारी दिएका छन्।
अहिलेकाे परिप्रेक्षमा साइबर सुरक्षा सम्बन्धि आधारभूत ज्ञान अनिवार्य भएकाेले याे तालिमले अनलाईन जोखिमहरु र खतराहरु पहिचान गर्न सिकाएकाे तातातोपानी गाउँपालिकाका याेजना शाखा प्रमुख ओम बहादुर चन्दले बताएका छन्। समयानुकूल अपडेट हुनुपर्ने उनकाे भनाइ छ।
तालिममा महत्वपूर्ण सूचना तथा अभिलेखहरु सुरक्षित राख्ने र साइबर आक्रमणको बढ्दो जोखिम (फिसिङ्ग, ह्याकिङ आदि) बाट बच्चे उपाय सिकाइएकाे प्रशिक्षक उज्ज्वल चाैंलागाईले बताए । आवश्यक्ता अनुसार सूचना तथा अभिलेखको गोपनियता कायम राखी संरक्षण गर्न पनि तालिममा सिकाइएकाे उनले बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस