जुम्लाकाे हिमा गाउँपालिका बालविवाह मुक्त घाेषणा

जुम्लाकाे हिमा गाउँपालिका बालविवाह मुक्त घाेषणा भएकाे छ। आज संघीय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशाेर साह साडुकाे प्रमुख आतिथ्यतामा हिमालाई बालविवाह मुक्त पालिका घाेषणा गरिएकाे हाे।
समाज रुपान्तरण र परिवर्तनकाे हिसाबले जुम्लाकाे हिमा गाउँपालिकाले निकै फड्काे मारेकाे छ। जुम्लाकाे हिमा गाउँपालिका बालविवाह मुक्त घाेषणा गर्ने कर्णाली प्रदेशकै पहिलाे पालिका बनेकाे हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए ।
“विहेवारी २० वर्ष पारी हामी सबैको ऐक्यबद्धता बाल विवाह मुक्त हिमा गाउँपालिकाको प्रतिवद्धता” भन्ने नारालाई आत्म साथ गर्दै हिमालाई आज बालविवाह मुक्त पालिका घाेषणा गरिएको छ। हिमा गाउँचलिकामा बाल विवाह सम्बन्धी कानुनी संरचना बलियो पार्दै बाल विवाह रोकथामका लागि प्रभावकारी कदम चाल्ने प्रतिवद्वता समेत जाहेर गरिएको छ।बालबालिकाको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिने, निगरानी तथा मूल्यांकन प्रणालीलाई सुदृढ गर्दै कार्यक्रमहरुको प्रभावकारीता सुनिश्चित गर्ने जनाइएको छ।
। गाउँपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मी स्वास्थ्य संस्था, विद्यालय, बाल अधिकार समिति, महिला संञ्जाल, बाल क्लब, युवा क्लब, आमा समुह विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका, राष्ट्र सेवक कर्मचारी राजनैतिक दल, समाजसेवी बुद्धिजिवि, शिक्षक, विकास साझेदार संघ संस्थाहरु र विद्यार्थी लगायतले सामुहिक रुपमा बालविवाह विरुद्ध जुट्ने प्रतिवद्वता जाहेर गरेका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस