
विश्वकाे अग्लाे स्थानमा धान फल्ने जुम्लाकाे छुमचाैर ज्युलाेेमा राेपाईँ महाेत्सव मनाइएको छ। जुम्लामा मात्रै फल्ने विश्वकै लाेकप्रिय कालीमार्सी धान राेेपेर राेपाईँ महाेत्सव मनाइएको हाे। कृषि विकास कार्यालय जुम्लाकाे आयाेजना, पातारासी स्थित मार्सी धान संरक्षण तथा प्रवर्द्धन केन्द्रकाे आयाेजनामा राेपाईँ महाेत्सव सम्पन्न भएकाे कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।
स्वदेशी विदेशीकाे खान्की बनिरहकाे मार्सी धानकाे संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनका लागि राेपाई महाेत्सव तथा धान दिवस मनाइएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख अधिकारीले नयाँ कर्णालीलाई बताए । पातारासीकाे छुमचाैर ज्युलाेमा विगत भन्दा धान राेपाइ भइरहकाे पातारासी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गाेबिन्द रावतले बताए ।
संघीय सरकारकाे सहयाेगमा छुमचाैर ज्युलाेमा आधामात्रै घेरबार भएकाे उनले बताए । पुरै ज्युलाे घेरबार भए काली मार्सी धानकाे खेति बढ्ने वडा अध्यक्ष रावतले जानकारी दिए। बालीहरुमा सबै भन्दा पछि धान पाक्ने हुँदा पछि पशुबस्तुले खाने, मास्ने हुँदा क्रमश धान खेति घट्दै गएकाे भन्दै उनले चिन्ता व्यक्त गरे। यथाशीघ्र घेरबारलाई संघ तथा प्रदेश सरकारले पूरा गर्नुपर्ने उनकाे तर्क छ।
पातारासी गाउँपालिका कि उपाध्यक्ष जनमाया राेकायाले संघीय सरकार विश्वकाे अग्लाे ठाउँमा धान फल्ने छुमचाैर ज्युलाेकाे प्रचारमा नथाकेपनि वास्तविक रुपमा याे ज्युलाेकाे उत्थानमा चुकेकाे बताइन।