
जुम्ला-रारा अल्ट्रा म्याराथनकाे उपाधी दल बहादुर कुँवरले जीतेका छन्। जुम्ला सदरमुकाम खलङ्गा बजारबाट शनिबारदेखि संचालन भएको जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि यहाँको तातोपानी गाउँपालिका-७ का दलबहादुर कुँवरले जितेका छन् । छैटौं म्याराथनको जुम्ला – रारा म्याराथन प्रतियाेगीताकाे सबैभन्दा लामो ५१ किलोमिटर म्याराथनकाे दूरी कुँवरले ५ घण्टा ५३ मिनेट १७ सेकेण्डमा पूरा गरी उपाधि उचालेका हुन ।
६ घण्टा ७ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गर्दै त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ दोस्रो हुँदा ६ घण्टा १० मिनेट ४ सेकेन्डमा दूरी पूरा गरेका सोमबहादुर रावत तेस्रो भएको कर्णाली स्पोर्टस क्लब जुम्लाका अध्यक्ष सराेज शाहीले जानकारी दिए।
प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार