जुम्लाकाे तातोपानी गाउँपालिका स्तरीय नागरिक समाजकाे साताैं बैठक सम्पन्न भएकाे छ। तातोपानी गाउँपालिका स्तरीय नागरिक समाजकाे साताैं बैठकमा बालबालिका, याैन तथा प्रजनन स्वास्थ्य अधिकार, किशोरकिशाेरीमैत्री सुचना केन्द्र सञ्चालन काे क्षेत्रमा अनुगमन तथा सामुदायिक संवाद कार्यक्रम सञ्चालनमा संचालनमा नागरिक समाजले पैरवी गर्नुपर्नेमा जाेड दिइएको छ।
बैठकका लागि सेभ द चिल्ड्रेन र किर्डाक नेपाल सहयात्रा तेसाे परियाेजनाकाे आर्थिक तथा सहजिकरण मा सहयाेग रहेको ।। स्थानिय तहकाे याेजना तर्जुमा बालबालिका तथा लक्षित वर्ग बजेट कार्यक्रम मा जाेड दिनु पर्ने सहभागिहरुकाे भनाई धारणा छ।
बैठकमा डब्लु एफपी, रेरास परियाेजना, पेेस नेपाल लगायतका प्रतिनिधिले सञ्चालन भएका गतिविधि बारे प्रस्तुति गरेका छन्।विद्यालयमा किशोरकिशोरी मैत्री सुचना केन्द्र संचालन, यसमा अनुगमन, लक्षित स्वास्थ्य संस्थाहरुमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रदान र सामुदायिक संवाद तथा सामाजिक सचेतनामुलक कार्यक्रम संचालनमा नागरिक समाजले पैरवी गर्ने नागरिक समाजका अध्यक्ष प्रेम अधिकारीले बताएका छन।
तातोपानी गाउँपालिकाका ८ वटै वडामा बालविवाह हुने गरेकाे छ। आजकाे बैठकमा बालविवाह सम्बन्धि समेत छलफल भएकाे छ। किडार्क नेपालकाे तथ्यांकअनुसार अनुसार सबैभन्दा बढि बालविवाह तातोपानी ८ मा हुने गरेकाे छ। सबै भन्दा कम बालविवाह हुने वडा नम्बर ५ रहेकाे छ। किर्डाक नेपालकाे गत वर्षकाे तथ्यांकअनुसार तातोपानी ८ मा हुने कुल विवाहकाे ४५ प्रतिशत बालविवाह हुने गरेकाे छ।
यस्तै सबै भन्दा कम तातोपानी ५ मा कुल विवाहकाे २० प्रतिशत बालविवाह भएका छन्। बालविवाह न्युनिकरण का लागि समेेत नागरिक समाजले पैरवी गर्नुपर्नेमा छलफल भएकाे छ।
