जुम्ला खलंगामा आज बाट हिमाली संवाद सुरु भएकाे छ। सगरमाथा संवादकाे तयारी स्वरुप जुम्ला खलंगामा हिमाली संवाद सुरु भएकाे हाे। हिमाली क्षेत्रमा देखिएका समस्या लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठान गर्नका लागि दुई दिने हिमाली संवाद प्रारम्भ भएकाे हाे।
जुम्ला खलंगामा सञ्चालन भएको हिमाली संवादमा कर्णालीका १० जिल्ला मध्य ८ जिल्लाबाट युवाकाे सहभागीता रहेकाे कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपाालका कार्यकारि निर्देशक गाेबिन्द बहादुर शाहीले बताए ।
कार्यक्रममा पिछडिएका युवा, बालबालिका तथा महिलाकाे सहभागीता रहेकाे छ। कार्यक्रममा वातावरण विज्ञ, युवा, बालबालिका, महिला, पत्रकार, सामाजिक अभियानता र राष्ट्रिय तथा अन्तरास्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिकाे सहभागीता रहेकाे किर्डाक नेपालले जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
