जुम्ला-जाजरकाेटका जनप्रतिनिधि तथा कर्मचारी बिच हिमामा सिकाइ आदानप्रदान

जुम्लाको हिमा गाउँपालिका र जाजरकोटकाे भेरी नगरपालिकाका जनप्रतिनिधि बिच हिमामा सिकाइ आदानप्रदान गरिएको छ। हिमा गाउँपालिका र सबैका लागि दिगाे खानेपानी ,सरसफाइ तथा स्वच्छता परियाेजना SUSWA काे संयुक्त साझेदारीमा यस हिमा गाउँपालिकामा खानेपानी र सरसफाइ का क्षेत्रमा संचालित सम्पूर्ण आयाेजनाहरुकाे स्थलगत अध्ययन,अवलोकन,र अनुसन्धान का क्रममा दुई जिल्लाका स्थानीय तह (हिमा र भेरि) बिच सिकाइ आदानप्रदान गरिएको हाे।

जाजरकोट भेरी नगरपालिका काि उपप्रमुख सीता जैसी, प्रमुख प्रशासकिय अधिकृत दल बहादुर घर्ती, वास संयोजक रबिन्द्र बिक्रम शाही लगाएतकाे टिम सिकाइ अध्ययन अवलोकन भ्रमणमा जुम्ला पुगेकाे हाे।
याे टिम सँग हिमा गाउँपालिका अध्यक्ष , उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत लगाएत पालिकाको टिम, वास इकाई का प्रतिनिधि ले सिकाइ आदान प्रदान गरेका हुन्।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस