तातोपानीका १४ विद्यालयमा व्यवस्थित भान्सा निर्माण, प्रभावकारी बन्दै अर्गानिक दिवा खाजा


जुम्लाकाे तातोपानी गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयमा व्यवस्थित भान्सा निर्माणकाे अन्तिम चरणमा छन्। तातोपानी गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा स्थानीय कृषि उपजकाे उपयोग गरि दिवा खाजा दिन थालिएपछि १४ वटा सामुदायिक विद्यालयमा धुँवा रहित व्यवस्थित भान्सा बनाउन सुरु गरिएको थियाे। अहिले १४ वटै विद्यालयका भान्सा निर्माणकाे अन्तिम चरणमा रहेेका छन्। आज बाट यी विद्यालयमा तातोपानी गाउँपालिका र दातृ निकायले संयुक्त रुपमा अनुगमन सुरु गरेका छन्।
आज कालिका मावि टाेप्ला, जनजागृति मावि बारा गाउँ र जनतासेवक आवि काँटिया सर्मीमा संयुक्त अनुगमन गरिएको हाे। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्ददप्ररसाद चाैंलागाई, उपाध्यक्ष रेवति रावल, प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायत, तातोपानी ७ का वडा अध्यक्ष तिलक रावत, पत्रकार डब्लुएफपि, रेरास परियाेजना र युएनडिपिका प्रतिनिधि द्वारा संयुक्त रुपमा अनुगमन गरिएको हाे।
तिनवटै विद्यालयमा भान्सा निर्माण भइसकेकाे पाइएकाे छ। यद्यपि रंगराेगन गरेर सञ्चालनमा ल्याउन भने बाँकी रहेकाे छ। आज भरिखाेला क्षेत्र (वडा नम्वर ७ र ८) मा अनुगमन गरिएको छ भने भाेलि तातोपानीका अन्य वडामा अनुगमन गरिएको छ। यस्तै २ वटा सामुदायिक विद्यालयका भान्सा मर्मत समेत गरिएको छ। तातोपानी गाउँपालिकाले स्थानीय कृषि उपजबाटै विद्यार्थीलाई अर्गानिक खाजा दिने नीति अघि सारेपछि विद्यार्थीकाे नियमितता, उनिहरुकाे पाेषण र किसानकाे आयआर्जनमा टेवा पुगेकाे छ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस