सुस्वाले घटायो देवारगाउँका दुख

जुम्लाकाे हिमा गाउँपालिका वडा नम्वर १ देवारगाउँका नरेस रोकाया रहेक दिन घर कुरिरहेका हुन्छन् । उनि सँगैका साथि विद्यालय जान्छन्, उनको दैनिकि ह्वीलचियरमा वितिरहेको छ । शारिरिक रुपमा अपागंता भएका नरेस दिनभरि घर कुर्छन् । घरबाट अरु काममा निस्केपछि उनि एक्लै दिन बिताउन्छन् । पहिले दिनमा सबै काममा निस्कदा उनलाई पानी दिने र शौचालय सम्म लिने मान्छे नहुदा पिडा हुन्थ्यो ।

तर अहिले उनको घरमा अपांगमैत्री धारा र शौचालय निर्माण भएको छ ।‘काम नगरि हुदैन, सबै काममा निस्केपछि नरेस एक्लै हुन्थ्यो, खाजा त राख्दिन्थ्यौं तर तिर्खा लाग्थ्यो होला, पानी दिने मान्छे हुन्थेन, शौचालय पुग्न पनि उस्तै समस्या, अहिले सुस्वा परियोजनाले अपांगमैत्री धारा र शौचालय बनाइदिएपछि निकै राहत भएको छ ।’ नरेश का बुवा मान बहादुर रोकायाले बताए । हिमा गाउँपालिकामा सञ्चालित सुस्वा परियोजनाले गत आर्थिक वर्ष देवार गाउँमा ७० वटा खानेपानीको धारा बनायो । यहि क्रममा नरेसको घरमा अपांगमैत्री धारा र शौचालय बनेको हो ।

अहिले नरेसले पहिले जस्तो समस्या भोग्नु परेको छैन । चाहेको बेला धारामा पुगेर प्यास मेट्न सक्छन् । आगनमै शौचालय पनि छ । नरेसको घरमा धारा र शौचालय बनेपनि १० जनाको परिवारलाई सरसफाई गर्न पनि सहज भएको छ । ‘पानी नहुदा सरसफाई गर्न समस्या हुन्थ्यो, कामको चटारोले फुर्सद नहँुदा ठुलो परिवारमा खानेपानी समेत पुर्याउन पनि धौधौ हुदा सरसफाई गर्न मुस्किल पथ्र्यो, अहिले जतिबेला पनि धारा आउन्छ ।’ नरेसका दाजु मदन रोकायाले भने ।

हिमा गाउँपालिका वडा नम्वर १ का अध्यक्ष रतन शाहिका अनुसार नरेस रोकाया क वर्गको अपांगतामा पर्छन । सुस्वा परियोजनाले गाउँमा धारा बनाएपछि देयार गाउँबासीको दैनिकिमा निकै सहयोग पुगेको वडा अध्यक्ष शाहीले बताए । ‘देवारगाउँमा जम्मा १ सय ३७ घर छन्, पालिका सगको समन्वयमा सुस्वा परियोजनाले सबै घरमा खानेपानी धारा पुर्याएको छ, जसले यहाँका नागरिकको दैनिकि सरल र सहज भएको छ ।’ वडा अध्यक्ष शाहिले भने ।

सुस्वा परियोजनाले देवारगाउँको ७० घर रहेको तल्लो टोललाई पुर्ण सरसफाई टोल घोषणा गर्ने तयारी गरेको वडा अध्यक्ष शाहिले बताए । विभिन्न सुचक पार गरेको देवारगाउँको तल्लो बस्तीलाई पुर्ण सरसफाई टोल घोषणा गर्ने तयारी गरिएको उनले बताए ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस