
जुम्लाकाे सिंजा गाउँपालिकाकाे नराकाेटमा मालपोत तथा नापी कार्यालय उद्घाटन भएकाे छ। सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकालाई सेवा दिने गरि भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आज (शुक्रबार) नराकाेटमा नापी र मालपाेत कार्यालयकाे उद्घाटनगरेका हुन् ।
व्यग्र प्रतीक्षा पछि सिंजा क्षेत्रका नागरिकले अब मालपोत र नापी सम्बन्धि सेवा आगनबाटै लिने छन्।
यस अघि सिजा क्षेत्रका तिनवटै पालिकाका स्थानीय जुम्ला खलंगा पुगेर मालपोत र नापीकाे काम गर्थे। जसबाट यातायात, हाेटल र अन्य हिसाबले बढि खर्च व्यहोर्नुपर्ने हुन्थ्याे। अब आगनबाटै सेवा लिने अवस्थामा पुगेपछि सिंजाबासीमा खुसियाली छाएकाे छ।


प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार