
जुम्ला बहुमुखी क्याम्पस जुम्लामा भाेली हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे निर्वाचनकाे तयारी पूरा भएको छ। आज पत्रकार सम्मेलन गरेर निर्वाचनकाे तयारी पूरा भएकाे औपचारिक रुपमा जानकारी गराइएकाे हाे।
उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन चैत ५ (भाेली) हुने निर्वाचनका लागि झनै उत्साही भएका छन् । उनीहरु अहिले आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन्।
जुम्लाकाे निर्वाचनमा अध्यक्ष पदमा ४ जना सचिव ५ र काेषाध्यक्षमा ३ जनाकाे मनाेनयन दर्ता भएकाे छ। जुम्ला बहुमुखी क्याम्पस जुम्लामा ३ सय ३४ जना मतादाताले मत हाल्ने छन्। जम्मा ३ सय ३९ जना विद्यार्थी मध्य ३ सय ३४ जनाले मतादाता परिचय पत्र लिएकाे निर्वाचन अधिकृत पदम शाहीले जानकारी दिए।
मतदान स्थल, मतपेटिका, सुरक्षा व्यवस्थापन लगायतका प्राविधिक पाटाेमा सबै तयारी पूरा भइसकेको छ।