स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीकाे घाेषणा पत्र सार्वजनिक

स्वतन्त्र विद्यार्थी युनियनकाे आसन्न निर्वाचनका लागि अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले घाेषणा पत्र सार्वजनिक गरेकाे छ।
जुम्ला बहुमुखी क्याम्पसमा चैत ५ गते हुन गइरहेकाे स्ववियु निर्वाचनका लागप २५ बुँदे घाेषणा पत्र सार्वजनिक भएको हाे। स्ववियु निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का तर्फबाट जयकृष्ण जैसी अध्यक्षमा, सचिवमा जीवन भक्रि र काेषाध्यक्षमा आशिष बुढालाई उम्मेदवार बनाइएकाे छ।
घाेषणा पत्रमा गुणस्तरीय, बैज्ञानिक, रोजगारमुलक र जीपनोपयोगी शिक्षाको व्यवस्था गर्ने कुरा उल्लेख छ ।
साथै जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको पहल गर्ने, क्याम्पसको भौतिक पुर्वाधार विकास तथा अध्ययन अध्यापनमा उच्च प्रविधिको प्रयोग गर्ने स्ववियु अध्यक्षका उम्मेदवार जयकृष्ण जैसीले बताए।
हरेक तहको कम्तिमा एउटा विषयमा खसभाषाबाट पठन पाठनको व्यवस्था गर्न, सान्दर्भिक र वस्तुगत आवश्यकता अनुरूपको पाठ्यक्रम निर्माणको पहल गर्न आफ्नाे उम्मेदवारी रहेकाे उनकाे भनाइ छ।
शैक्षिक क्षेत्रमा देखापरेका विकृति, विसंगति र माफियाकरणको अन्त्य गर्ने, विज्ञान प्रविधिको चामत्कारिक विकासबाट लाभान्वित नभई ज्ञान संकुचित हुने वास्तविकतालाई हृदयंगम गर्दै समग्र क्याम्पसको डिजिटाइजेसन गर्न, अनलाइन माध्यमबाट आवेदन, भर्ना, शुल्क, शैक्षिक गतिविधि लगायतका गतिविधिहरूलाई कार्यान्वयन गर्न ।
भर्नालगायत समग्र शैक्षिक क्यालेन्डर निर्माण गरी अनिवार्य कार्यान्वयन गर्ने तथा विद्यार्थीहरूको प्रयोज्ञात्मक ज्ञान अभिवृद्धिका लागि अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने कुरा घाेषणा पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस