
जुम्लाको कनकासुन्दरी गाउँपालिकालाई बालबालिकाले ७ बुँदे ज्ञापन पत्र बुझाएका छन्।
पालिकामा रहेका बारावालिकाको क्षमता अभिवृद्धि गर्दै बालअधिकार तथा बालसंरक्षणका कार्यक्रम संचालन गरि बालमैत्री वडा तथा पालिकाको निर्माणमा जाेड दिन भन्दै ७ बुँदे ज्ञापन पत्र बुझाएको हाे।
नीतिगत तथा कार्यक्रमगत योजना र बजेट छुट्याई बाल आधिकार प्रवद्धनमा सहयोग पुर्याउन ७ बुँदे ज्ञापन पत्र बुझाइएको कनकासुन्दरी गाउँपालिका स्तरीय बाल क्लबकि अध्यक्ष अनु खत्रीले बताइन्।ज्ञापन पत्र बुझ्दै कनकासुन्दरी गाउँपालिकाकि उपाध्यक्ष प्रेमकली बुढाले बालबालिकाकाे समग्र विकासका लागि पालिकाले नीति निर्माण र बजेट विनियोजनमा जाेड दिने बताइन्।
प्लान इन्टरनेशनल नेपालकाे सहयाेग तथा क्याड नेपालकाे आयाेजनामा बालभेला गरेर बालबालिकाले छलफल गरेर ज्ञापन पत्र तयार पारेका हुन्।
ज्ञापन पत्रमा उल्लेखित माग
१) बालबालिका सम्बन्धि क्षमता अभिवृद्धि तालिम कार्यक्रम ।
२) बालअधिकार, बालसहभागिता र संरक्षण सम्बन्धि कार्यक्रमहरु ।
३) बालबिबाह न्यूनीकरण र लागूऔषध दुर्व्यसन विरुद्धका जनचेतनामुलक कार्यक्रम ।
४) लैगीक अल्पसंख्यक समुदायका बालबालिका लागि क्षमता विकासका कार्यक्रम ।
५) हरेक तहमा बालबालिकाको सहभागिताको सुनिश्चितता ।
६) बातावरण संरक्षणमा बाल सहभागिता तथा वडामा बाल उद्दान की निर्माण
७ पालिका स्तरीय बाल भेलाका लागि व्यवस्था मिलाई आवश्यक सहयोग गरािदन हुन् ।
