जुम्लाकाे कनकासुन्दरी गाउँपालिकाका ८ जना युवा/युवतीलाई व्यवसायिक पशुपालन तालिम प्रदान गरिएको छ। प्लान ईन्टरनेशनल नेपालको सहयोग, आत्म सम्मानका लागि सहकार्य (क्याड) जुम्लाको आयोजना एवं तथा कनकासुन्दरी गाउँपालिका जुम्लाको समन्वयमा पशुपालन सम्बन्धि तालिम प्रदान गरिएको हाे।
पशुपालनकाे प्रचुर सम्भावना भएकाे ठाउँमा पशुपालनलाई व्यवसायिक रुपमा रुपान्तरण गर्न तालिम प्रदान गरिएको क्याड नेपालका शसक्त बालिका परियोजना संययाेजक राजेस ऐडिले बताए ।
जाेड्न
फागुन १८ गते देखि २४ गते सम्म सञ्चालन गरिएको ७ दिने पशुपालन तालिममा पशुलाई आहारा दिने, खाेर व्यवस्थापन, चरण र औषधिका कुरा नजिकबाट सिक्न पाएकाे कनकासुन्दरी गाउँपालिका ३ बुडुकि बिफा बुढाले बताइन्।
कनकासुन्दरी गाउँपालिका ५ कि सितला बडुवालले तालिमले प्राविधिक ज्ञान सिकाएकोले सिकेकाे कुरा लागू गर्ने बताइन्। तालिममा डाक्टर विकास अर्यालले प्रशिक्षण गरेका छन्।
यस्तै कनकासुन्दरी गाउँपालिकाकि उपाध्यक्ष प्रेमकली बुढाले तालिमले स्वराेजगार बनाउने बताइन्।
