वन र वन्यजन्तुकाे सुरक्षा गर्न डिभिजन वन कार्यालयलाई सराेकारवालाकाे सुझाव

डिभिजन वन कार्यालय जुम्लाले तिव्र वन अतिक्रमणलाई रोक्ने प्रयास गरेको छ । जुम्लामा जथाभावि रुपमा भई रहेको अतिक्रमणलाई रोक्ने प्रयास गरिएको डिभिजन वन अधिकृत भरत बहादुर बुढ्थापाले बताए । विहिबार सरोकारवालहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
५ हेक्टर वनमा भएको अतिक्रमण नियन्त्रण गरिएका बुढथापाले बताए । उनका अनुसार, ४० प्रतिशत वन क्षेत्रको संरक्षण, सुदपयोग तथा व्यवस्थापन भएको जानकारी गराए । उनले भने, ४६ वटा सामुदायिक वनहरुको वन व्यवस्थापन कार्ययोजना नविकरण र २ वटा नयाँ सामुदायिक वनहरु दर्ता भएको बताए । वन अधिकृत बुढ्थापाका अनुसार स्वचालित आरा मेसिन १३ वटा दर्ता गरिएको कार्यक्रममा जानकारी गराए ।
गिडिदह भलखोला फुल्चाउले सडक निर्माणको प्रारम्भिक वातावरणीय परीक्षण (आईई) अध्ययन सिफारिस भएको उनकाे भनाइ छ ।
यस्तै सिंजा गाउँपालिका -६ का ६ जना विरुद्ध ५.६ हेक्टर वन अतिक्रमण तथा विरुवा हानि नोक्सानि गरेको विषयमा जिल्ला अदालत जुम्लामा मुद्दा दायर भएको बताए ।

यसैगरी, अवैध काठ ओसारपसार गरे वापत तातोपानी गाउँपालिका ५ का ३ जना विरद्ध अदालतमा मुद्दा दायर भएको छ । चालु आर्थिक वर्षको हालसम्म १ करोड २४ लाख ५१ हजार ९ सय ६९ रुपैयाँ कार्यालयले राजश्व संकलन गरेको बुढथापाले जानकारी गराए । उनका अनुसार, जुम्लामा २ सय ६ वटा सामुदायिक वन, १ सय २७ वटा कबुलियति वन र ६ वटा निजि वन रहेकाे बताए ।
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गरेका जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले वनमा पाईने प्राकृतिक स्रोतहरुको संरक्षण गर्नु पर्नेमा जोड दिए । वन अतिक्रमणले गर्दा वन्यजन्तु र बहुमुल्य जडिबुटी लोप हुने अवस्थामा पुगेको उनकाे भनाइ छ । सबै निकाय मिलेर वन क्षेत्रमा भएको निवासलाई रोक्नु पर्ने समन्वय प्रमुख आचार्यले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस