क्याड नेपालद्वारा कनकासुन्दरीका ८ जना युवालाई ड्राइभिङ तालिम प्रदान

जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ८ जना युवालाई १ महिने ड्राइभिङ तालिम प्रदान गरिएको छ।
प्लान ईन्टरनेशनल नेपालको सहयोग र आत्म सम्मानका लागि सहकार्य (क्याड) जुम्लाको आयोजना एवं कनकासुन्दरी गाउँपालिका जुम्लाको समन्वयमा १ जना युवति र ७ जना युवालाई ड्राइभिङ तालिम प्रदान गरिएको हाे।
गत माघ २१ गते देखि फाल्गुण २१ गते सम्म संञ्चालन गरिएको एक महिने मोटर ड्राईभिङ्ग तालिममा सहभागी सरस्वती बुढाले महिला माथिकाे विभेदलाई चिर्दै गाडि चलाउन सिक्न पाएकाे भन्दै खुसि व्यक्त गरिन।
न्यु कर्णाली मोटर ड्राईभिङ्ग ट्रेनिङ्ग सेन्टर जुम्ला सँगकाे सम्झौता बमाेजिम तालिम सम्पन्न भएकाे क्याड नेपालका पिसि राजेश ऐडिले बताए ।
यस्तै कनकासुन्दरी गाउँपालिकाकि उपाध्यक्ष प्रेमकलि बुढाले बेरोजगार युवा युवतीलाई तालिम प्रदान गरेकाेमा क्याड नेपाल प्रति कृतज्ञता प्रकट गरेकि छन्।
सिकेको सीपलाई व्यवहारमा लागू गर्न उनले तालिममा सहभागीलाई अनुराेध समेत गरेकि छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस