तातोपानीमा घटना व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न

जुम्लाकाे तातोपानी गाउँपालिकामा बालबालिकाकाे घटना (मामला) व्यवस्थापनका लागि ३ दिने तालिम सम्पन्न भएकाे छ। सहयात्रा तेस्रो परियोजनाका कर्मचारी, बाल कल्याण अधिकारी, वडा सचिव र केश वर्करका लागि मामला (घटना) ब्यवस्थापन सम्वन्धि ३ दिने तालीम सम्पन्न भएकाे हाे।
किर्डाक नेपाल सहयात्रा तेस्राे परियाेजनाकाे आयाेजना, तातोपानी गाउँपालिकाकाे समन्वय र सेभ द चिल्ड्रेनकाे सहयाेगमा फागुन १० गते देखि १२ गते तालिम सञ्चालन भएकाे सहयात्रा तेस्राे परियाेजना संयाेजक प्रकाश बहादुर शाहीले बताए । उनका अनुसार तातोपानी गाउँपालिका भित्रका २८ जना बालबालिकालाई घटना व्यवस्थापनमा लिइएकाे तथा बालबालिका शिक्षा, स्वास्थ, मनाेसामाजिक परामर्श, आर्थिक अवश्थाका बारेमा छलफल गरि कार्ययाेजना निर्माण गरिएकाे छ।
तालिममा तातोपानी गाउँपालिकामा बालबालिका का सवालमा बनेका ऐन, कानुन बारेका समीक्षा पनि भएकाे छ।
हिंसामा परेका, बाल शाेषणमा रहेका तथा अन्य समस्यामा परेका बालबालिकाकाे घटना व्यवस्थापन बारे तालिममा छलफल भएकाे छ। पालिका स्तरीय बाल सञ्जालकि अध्यक्ष अनुराधा चाैंलागाईले बाल हिंसा, शाेषण र बाल समस्याका बारेमा सिक्न पाएकाे भन्दै खुसि व्यक्त गरेकि छन्।
अध्ययन अनुसार नेपालमा ३७ प्रतिशत किशोरीको विवाह १८ वर्ष नपुग्दै हुन्छ । शहरी महिलाको तुलनामा ग्रामीण महिलाको १५ वर्ष नपुग्दै विवाह हुने सम्भावना बढी हुन्छ।
यस्ताे कार्यक्रम ले लिजामा सहयाेग गरेकाेले तातोपानी जुम्लाकै प्रथम हुन सफल भएकाे निमित्त प्रमख प्रशासकीय अधिकृत ओम चन्दले बताए ।
घटना व्यवस्थापन के हो ?
कुनै बालक वा बालिका (तथा उनको परिवार) को आवश्यकताहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले प्रत्यक्ष सहयोग एवं सिफारिस मार्फत उपयुक्त, व्यवस्थित तथा समयमै सम्बोधन गर्नको लागि गरिने सबै प्रकारका क्रियाकलाप कार्यहरूलाई घटना व्यवस्थापन भनिन्छ ।
नेपालको संबिधान २०७२ को धारा ३९ को उपधारा ९ मा असाहय, अनाथ, अपाँगता भएका, द्धन्द पिडीत, बिस्थापित एवं जोखीममा रहेका बालबालिकालाई राज्यवाट बिशेष संरक्षण र सुविधा पाउने हक हुने छ।
सहजकर्ता को मुख्य जिम्मेवारी
वडा बाल अधिकार समितिले पहिचान गरेका जोखीममा रहेका बालबालिका मध्ये १० देखी १५ जना सम्म अति जोखीममा रहेका बालबालीकाहरुको घटना व्यवस्थापन तथा नियमित घरभेट गरि चुस्त दुरुस्त प्रतिवेदन तयार गर्नुपर्ने छ ।
तातोपानी गाउँपालिका अन्र्तगत स्थानीय बाल अधिकार समिति, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा तथा बाल कल्याण अधिकारी सुपरिवेक्षक वडा बाल अधिकार समितिले घटना व्यवस्थापनका लागि जिम्मा दिएका जोखीममा रहेको बालबालीकाको गोपनियता कायम राखि तोकीएको फारममा रहि व्यक्तिगत र पारिवारिक लेखाजोखा गर्ने, स्याहार योजना निर्माण र प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धीत बालबालिकाको घरमा गई अभिभावकको साथमा गर्नुपर्ने छ ।
जोखीममा रहेका बालबालिकाहरुको स्याहार योजनाको आधारमा सहयोग जुटाउन र सक्रिय रुपमा घटना व्यवस्थापन गर्नका लागि श्रोत नक्सांकनका आधारमा सेवा प्रदायकहरुसंग समन्वय र सहकार्य गर्नुपर्ने छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस