
जुम्लाकाे गुठिचाैर गाउँपालिका वडा नम्बर ५ का सत्य बहादुर भण्डारी यतिबेला ब्लड क्यान्सर सँग जुधिरह्का छन्।
५१ वर्षीय सत्य बहादुर भण्डारीको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । भण्डारीको उपचारका लागि आर्थिक अभाव भएको भन्दै छोरा दिपेन्द्र भण्डारीले सहयोगको अपिल गरेका छन् ।
तीन महिनायता सिभिल अस्पताल मीनभवनमा दिपेन्द्रका बुबा उपचाररतछन् । उनका छोरा दिपेन्द्रले बुबाको उपचारमा धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएको छ । बुबाको उपचारका लागि अझै धैरै खर्च लाग्ने भएको छ । सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे मेरो बुबाले पुर्नजीवन पाउँथे, त्यसैले सहयोगको अपिल गरेका हौं’, उनका छोरा दिपेन्द्रले भने,परिवारले सबैसँग सहयोगको आग्रह गरेका छौ ।
सहयोग गर्न चाहनेहरुले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडमा रहेको सत्य बहादुर भण्डारीको खाता नं.०२२०५१२०२८०८१५ वा सहयोग जम्मा गरिदिन आग्रह गरेकाछन् । भण्डारीलाई सहयोग गर्न चाहनेले छोरा दिपेन्द्रको फोन ९८४८३५६६५९ मा सम्पर्क गर्न सकिने छ ।
तलकाे क्युआर मार्फत पनि सहयोग गर्न सकिने छ।
