तातोपानीकाे प्रांगणमा नागरिक समाज सञ्जालकाे बैठक सम्पन्न

जुम्लाकाे परिचित पर्यटकीय स्थल तातोपानी धाराकाे प्राङ्गणमा तातोपानी गाउँपालिका स्तरीय नागरिक समाज सञ्जालकाे बैठक सम्पन्न भएकाे छ। शनिबार तातोपानीकाे प्राङ्गणमा नागरिक समाज सञ्जालले सन् २०२५ काे पहिलाे बैठक तथा समिक्षा कार्यक्रम सम्पन्न गरेकाे छ।
जाेखिममा रहेका बालबालिका, महिलाका सवालमा हाल सम्म भएका काम बारे बैठकमा समिक्षा गरिएकाे नागरिक समाज सञ्जालका अध्यक्ष प्रेम अधिकारीले जानकारी दिएका छन्। सेभ द चिल्ड्रेन काे आर्थिक सहयाेग र किर्डाक नेपालकाे सहजीकरणमा बैठक सम्पन्न भएकाे हाे ।
बैठकमा गैर सरकारी संघ संस्थाले हाल सम्म गरेका कामबारे अवगत गराएका छन्। साेसेक नेपाल, पेस नेपाल, लिवर्ड र एमडिआइले जाेखिमयुक्त बालबालिका र महिलाकाे क्षेत्रमा गरेका कामबारे प्रस्तुति गरेका छन्।
बैठकमा नागरिक समाज सञ्जालका प्रतिनिधि, गैरसरकारी संघ संस्था तथा सञ्चार जगतका प्रतिनिधि, किशाेरि र महिलाकाे सहभागीता रहेकाे थियाे। आगामी समयमा जाेखिममा रहेका बालबालिकाका अभिभावककाे आयआर्जन बढाउन, उनिहरुकाे सुरक्षा, वृद्धि विकास र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सबै संस्था हरु एकद्वार प्रणालीबाट अघि बढ्नेबारे छलफल भएकाे किडार्क नेपाल सहयात्रा परियाेजनाका निमित्त परियाेजना व्यवस्थापक प्रकाश बहादुर शाहीले जानकारि दिए।
तातोपानी भित्र जाेखिममा रहेका जम्मा ७ सय ७ जनामध्ये ५ सय ३५ न्यानो कपडा, खाद्यान्न लगायतमा सपाेर्ट गरेकाे उनले बताए ।
तातोपानी गाउँपालिकाका बालबालिकालाई प्रत्यक्ष लाभ हुनेगरि बाल पाेषणका लागि तातोपानी गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा स्थानीय कृषि उपजमा आधारित दिवा खाजा दिइएको डब्लुएफपिका जुम्ला जिल्ला संयाेजक चक्र जिसिले जानकारी दिए।
पाेषण सुधार केन्द्र तातोपानीका अध्यक्ष परिनन्द गिरिका अनुसार हाल सम्म १ सय ३८ जना कुपाेषित बालबालिकालाई सेवा दिइएको छ।
तातोपानी गाउँपालिकाका याेजना शाखा प्रमुख ओम बहादुर चन्दले याे छलफलले बालबालिकाकाे भविष्य सुनिश्चित बनाउन महत्त्वपूर्ण रहेकाे बताए ।बालबालिकाकाे क्षेत्रमा काम गर्न पालिकाले पनि काम गरिरहेकाले सहकार्य बाट अझ राम्रो भइरहेकाे उनले बताए । दिवा खाजाले धेरै ठूलाे सकारात्मक प्रभाव पारेकाे उनकाे भनाइ छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस