
जुम्लाकाे हिमा गाउँपालिकामा सरसफाइ बजारीकरण सम्बन्धि १ दिने कार्यशाला गाेष्ठी सम्पन्न भएकाे छ। सरसफाइका लागि चाहिने सामाग्रीकाे पहिचान, प्रयाेग विधि र उपयाेगिताका सवालमा केन्द्रित रहेर गाेष्ठी सम्पन्न भएकाे हाे।
गाेष्ठीमा हिमाका जनप्रतिनिधि, खुद्रा व्यापारी, सरसफाइ सम्बद्ध गैर सरकारी निकायमा प्रतिनिधि, वैंकका प्रतिनिधि लगाएतकाे सहभागीता रहेकाे थियाे।
सहभागीलाई सरसफाइ सम्बन्धी सेवाहरू तथा सरसफाइ सम्बन्धी सामग्रीहरूलाई व्यापारिक दृष्टिकोणबाट उत्पादन, वितरण र बिक्री का कुरा बारे अवगत गराइएकाे छ।
सरसफाइ बजारीकरणको मुख्य उद्देश्य स्वास्थ्य तथा सरसफाइ सुधार गर्नुका साथै निजी क्षेत्रलाई यस क्षेत्रमा संलग्न गराई समाजमा दिगो सरसफाइ व्यवस्था कायम गर्नु रहेकाेले याे कार्यशाला गाेष्ठी उपलब्धिमूलक भएकाे हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए।
सरसफाइ बजारीकरणले सरसफाइका उत्पादन तथा सेवाहरू निजी क्षेत्र वा व्यवसायहरूले उपलब्ध गराउने र सर्वसाधारणलाई सरसफाइका वस्तु तथा सेवाहरू किन्ने र प्रयोग गर्ने बानी बसाल्ने कुरालाई जाेड्ने सरसफाइ अधिकृत बिना विष्टले बताइन।
