प्रेस चाैतारी जुम्लाले रक्तदान गरि मनायाे २७ औं स्थापना दिवस

प्रेस चाैतारी नेपालकाे २७ औं स्थापना दिवसकाे अवसरमा जुम्लामा रक्तदान गरिएको छ। प्रेस चाैतारी जुम्लाले आज कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा रक्तदान गरेर २७ औं स्थापना दिवस मनाएकाे हाे।
दिवसकाे अवसरमा ७ जनाले रक्तदान गरेकाे प्रेस चाैतारी जुम्लाका सचिव कालीबहादुर परियारले जानकारी दिए।
दिवस मनाउने क्रममा रचनात्मक कामका माध्यमबाट मानव सेवालाई जाेडेकाे उनले बताए । सञ्चार जगतका गतिविधिले आम समाजलाई उत्प्रेरणा दिनुपर्ने उनकाे तर्क छ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस