
जुम्लामा सुत्केरीलाई फलफूल वितरण गरेर प्रेस सेन्टर नेपालकाे २१ औं स्थापना दिवस मनाइएकाे छ। जनपक्षीय पत्रकारहरुकाे संगठनका रुपमा परिचित प्रेस सेन्टर नेपालकाे २१ औं स्थापना दिवसको अवसरमा जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुत्केरीहरुलाई फलफूल वितरण गरिएको प्रेस सेन्टर जुम्लाका अध्यक्ष मान बहादुर कुँवरले बताएका छन्।
जनपक्षीय पत्रकारिताको मूल नेतृत्व गरेको प्रेस सेन्टरले आफ्नो गौरवपूर्ण इतिहास निर्माण गर्दै त्याग, वीरता र बलिदानको कीर्तिमान बनाउँदै आजको अवस्थामा आइपुगेको संगठनका हरेक कामलाई रचनात्मक बनाउने अध्यक्ष कुँवरले बताए ।
फलफूल वितरणमा नेकपा माओवादी केन्द्र तातोपानी गाउँपालिका अध्यक्ष विशाल खड्का लगाएत जुम्लाका क्रियाशील पत्रकार हरुकाे उपस्थिति रहेकाे थियाे।
प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार