नाै जिल्लाका कृषि जनशक्तिलाई जुम्लामा स्याउ बगैँचा व्यवस्थापन सम्बन्धि तालिम प्रदान

हिमाली जिल्ला जुम्लामा स्याउ बगैंचा व्यवस्थापन विषयक अधिकृत/सहायक स्तरीय ३ दिने तालिम सञ्चालन गरिएकाे छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना, परियोजना व्यवस्थापन इकाइ खुमलटार, परियाेजना समन्वय एकाइ, सुर्खेत र परियोजना कार्यान्वयन एकाइ जुम्लाकाे संयुक्त आयाेजनामा ३ दिने तालिम सञ्चालन गरिएकाे हाे।
नाै जिल्ला( जुम्ला, कालिकाेट, डाेल्पा, मुगु, दार्चुला, बाजुरा,अछाम, हुम्ला र सुर्खेत) का ३१ जना सहभागीलाई तालिम दिइएको स्याउ सुपरजाेन जुम्लाका प्रमुख खेमराज शाहीले बताए। तालिममा सहभागी मध्यका एक परियाेजना कार्यान्वयन एकाइ डाेल्पाका निमित्त वरिष्ठ कृषि अधिकृत गाेबिन्द बहादुर मल्लले धेरै प्रयाेगात्मक सीप र नयाँ प्रविधि का ज्ञान ग्रहण गरेकाे बताए।
उच्च घनत्वकाे स्याउ बिरुवा काे काँटछाट, रेखदेखका कुरा आम किसान सँग पुर्याउन याे तालिमले महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे उनले जानकारी दिए।
स्याउका सवालमा कृषि सम्बद्व जनशक्ति नै जानकार नभएपछि किसानले लाभ लिन नसक्ने भएकाेले यस पटककाे तालिमले याे अभावलाई चिर्ने उनले विश्वास व्यक्त गरे । प्रशिक्षक तथा बालि संरक्षण विज्ञ वेदप्रसाद चाैंलागाईले फुजी र गाला स्याउ खेती नयाँ र समस्याग्रस्त भएकाेले यस पटककाे तालिममा सहभागीले सिकेकाे कुरा व्यवहारमा लागू गर्नुपर्नेमा जाेड दिएका छन्।
फलफूलमा लामाे अध्ययन, अनुसन्धान चाहिने परियोजना कार्यान्वयन एकाइ खुमलटार, ललितपुरका वरिष्ठ कृषि अधिकृत दिनेश प्रसाद सापकाेटाले बताए। चाँडाे प्रतिफल दिनेगरि मागमा आधारित जातहरुकाे स्याउ खेतिमा जाेड दिनुपर्ने उनकाे भनाइ छ।
विरुवालाई सन्तुलित पाेषण दिनुपर्ने देखिन्छ। प्राविधिकहरुले सीप, ज्ञान र ताैर तरिका सिक्दा यसकाे फैलावट गुणात्मक भएर अघि बढ्ने बताए।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस