बीउ बैंककाे प्राङ्गणमा तेस्राे राष्ट्रिय जैविक विविधता दिवश मनाइयाे

जुम्लामा तेस्राे राष्ट्रिय जैविक विविधता दिवस मनाइएकाे छ। कृषि विकास कार्यालय जुम्लाकाे आयाेजना, लिवर्डकाे सहजीकरण तेस्राे राष्ट्रिय जैविक विविधता दिवस मनाइएकाे हाे।
तातोपानी काे ऐरेनी स्थित हाँकु सामुदायिक बीउ बैंककाे प्राङ्गणमा तेस्राे राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइएकाे कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
दिवसमा मानव स्वास्थ्य र पर्यावरणीय दृष्टिकोणबाट अहिलेकाे समयमा जैविक विविधताकाे महत्त्व बारे चर्चा गरिएको छ। जुम्ला प्राङ्गारिक जिल्ला घाेषणा भएकाे २ दशक पुग्नै लाग्दा जिल्लाकाे परिचय नै अर्गानिक बन्न पुगेकाे तातोपानी गाउँपालिकाका कार्यवाहक अध्यक्ष नर बहादुर रावतले बताए ।
यद्यपि जग्गा बाँझिदै गएकाे प्रति चिन्ता व्यक्त गर्दै रैथाने र लाेपाेन्मुख अवश्थामा पुगेका बालीकाे खेती विस्तार गर्न स्थानीय तह तयार रहेकाे बताए । कृषिमैत्री नीति निर्माण र बजेटका लागि तातोपानी गाउँपालिका सँग कृषक परामर्शमा जाेडिनुपर्ने उनले बताए ।
यस्तै कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले रैथाने बाली जाेगाउदै आयआर्जनमा जाेडिन कृषकलाई आग्रह गरेका छन्। कृषककाे बाहुल्यता भएकाे जिल्ला जुम्लामा रैथानेबालीकाे संरक्षण, सम्वर्द्वन र प्रवर्द्धन गर्न कृषि विकास कार्यालय प्रतिवद्व रहेकाे बताउदै तिनै तहका सरकार पनि चनाखो बन्नुपर्नेमा जाेड दिएका छन्।

डब्लुएफपि र पालिकाकाे प्रयासमा किसानकाे उत्पादनलाई बजारीकरणकाे सुनिश्चितता गर्न र बालपाेषणलाई न्यायाेचित बनाउन तातोपानीका सबै सामुदायिक विद्यालयमा अर्गानिक (रैथाने बालिकाे प्रयाेगबाट) दिवा खाजा दिन थालिएको छ। याे अन्य पालिकामा समेत अनुसरण गर्नुपर्नेमा जाेड दिइएकाे छ।
सञ्चार क्षेत्र बाट जैविक विविधताका सवालमा याेगदान दिन जुम्लाकाे सञ्चारकर्मी तयार रहने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैंलागाईले बताएका छन्।
धाैलिगाड कृषि सहकारी का व्यवस्थापक गाेकर्ण जैसीका अनुसार हाँकु सामुदायिक बीउ बैंकमा १८ प्रकारका जात र ५६ प्रकारका बालीकाे बीउ रहेकाे छ। यसले लाेपउन्मुख अवश्थामा पुगेका बाली संरक्षणमा टेवा पुर्याएकाे उनले बताए ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस