गिडिदहकाे समग्र विकासका लागि कर्णाली प्रदेश सरकारलाई ४ बुँदे ज्ञापन पत्र

जुम्लाकाे सबैभन्दा ठुलाे तथा कर्णाली प्रदेशकाे तेस्राे ठूलाे ताल गिडिदहकाे समग्र विकासका लागि कर्णाली प्रदेश सरकारलाई ४ बुँदे ज्ञापन पत्र बुझाइएकाे छ। तातोपानी गाउँपालिकाका प्रवक्ता अमर बहादुर राेकायाले प्रकृतिको अनुपम उपहार गिडिदहलाई सडक सञ्जालमा जाेड्न, सम्पदा सुचिमा समावेश गर्न, संरक्षण गर्न र विद्युत उत्पादनका लागि गाैरवकाे आयाेजना सञ्चालनकाे माग अघि सार्दै ज्ञापन पत्र बुझाएका हुन्।
आज कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल तथा पर्यटनमन्त्री सुरेश अधिकारी लाई ज्ञापन पत्र बुझाइएकाे तातोपानी गाउँपालिकाका प्रवक्ता राेकायाले नयाँ कर्णालीलाई जानकारी दिए। पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न र राेजगारी वृद्धि का लागि गिडिदहकाे चाैतर्फि विकास आवश्यक भएकाेले कर्णाली प्रदेश सरकारलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएकाे उनले बताए। ज्ञापन पत्रमा कर्णाली प्रदेश सभाका सांसदद्वय टेकराज पछाइ र देवेन्द्र बहादुर शाहीकाे एक्वेवद्वता रहेकाे उनले बताए ।
गिडिदहकाे अवस्थिति

गिडिदह एक सुन्दर ताल हाे। वरिपरि घना जँगल विचमा दुई खण्डका विशाल ताल मनमाेहक छन्। त्यहाँ पुग्नेहरु मग्नमुग्ध हुनछन्। यहाँ पाइने काेणधारी वन, पानसय पाटन, जडिबुटी र वन्यजन्तु थप आकर्षणका आयाम हुन्। गिडिदहकाे क्षेत्रफल समेत सार्वजनिक भइसकेकाे छ।
गिडिदहकाे कुल लम्बाई लम्बाई १ हजार ५ सय १० मिटर र गहिराड ४२.८ मिटर र चाैडाई ३ सय १० मिटर रहेकाे छ।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस