जुम्लाकाे तातोपानी गाउँपालिकालाई १६ लाख बढिकाे विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको छ। तातोपानी गाउँपालिकालाई भण्डारण र विपद् प्रतिकार्यका लागि अस्थाई सिकाइ केन्द्र तथा गैर खाद्य सामग्री हस्तान्तरण गरिएको सहयात्रा परियाेजना तातोपानी कलस्टर संयाेजक जगदीश सिंहले जानकारी दिएका छन्।
विपद् आइपर्दा समयमै उद्धार सामग्री, प्राथमिक उपचारका सामान, र खाना/पानीजस्ता अत्यावश्यक सामग्री उपलब्ध हुँदा मानिसहरूको जीवन बचाउन सकिन्छ।
विपद् प्रतिकार्य सामग्री धेरै महत्वपूर्ण छ, किनभने यसले विपद् आइपर्दा मानिसहरूको जीवन र सम्पत्ति जोगाउन सहयोग पुर्याउँछ उनले भने।
सामाग्री गाउँपालिकाका कार्यबाहक अध्यक्ष विशाल खड्कालाई हस्तान्तरण गरिएकाे छ। सामान बुझ्दै कार्यबाहक अध्यक्ष विशाल खड्काले विपद् प्रतिकार्य सामग्रीले प्रारम्भिक क्षति नियन्त्रण गर्न र ठूलो क्षतिको सम्भावना कम गर्न सहयोग पुग्ने बताए ।
प्राकृतिक, मानवजन्य, वा अन्य किसिमका विपदको समयमा प्रभावित व्यक्तिहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि सामाग्री गाउँपालिकाले प्रयोग गर्ने खड्काले बताए ।
कुल १६ लाख २६ हजार ७ सय २६ रुपैयाँ बराबरको अस्थाई टहरा, शाैचालय, बालबालिकाका पठन सामाग्री लगाएतका सामान हस्तान्तरण गरिएको हाे।
तातोपानीलाई १६ लाख बढीको विपद प्रतिकार्य सामाग्री हस्तान्तरण
प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस