मान बहादुर कुँवरकाे अध्यक्षतामा प्रेस सेन्टर जुम्लाकाे १५ सदस्यीय कार्यसमिति चयन

प्रेस सेन्टर जुम्लाकाे अध्यक्षमा पत्रकार मान बहादुर कुँवर सर्वसम्मत चयन भएका छन्। प्रेस सेन्टर जुम्लाकाे पाँचौ जिल्ला अधिवेशनबाट मान बहादुर कुँवरकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएकाे हाे। उपाध्यक्षमा शुभाकर विश्वकर्मा, महिला उपाध्यक्षमा विष्णुदेवी बुढा,सचिवमा डिल्ली कामी, काेषाध्यक्षमा अर्जुन महतारा, सहसचिव (खुला) मा विक्रम तिरुवा र सहसचिव (समावेशी) मा विवेन्द्र नेपाली सर्वसम्मत चयन भएका छन्।
प्रेस सेन्टर जुम्लालाई थप प्रगतिशील, व्यवस्थित र संगठित बनाउने अध्यक्ष कुँवरले प्रतिवद्वता जनाएका छन्। राेल्पाकाे इरिवाङबाट जन्मिएको प्रेस सेन्टरलाई प्रगतिशील धारमा अगाडि बढाउँदै समाज सुसूचित बनाउन प्रयत्नशील हुने उनले बताए । श्रमजीवी पत्रकारकाे हकहित र अधिकार स्थापित गर्न समेत लागिपर्ने अध्यक्ष कुँवरकाे भनाई छ।
प्रेस सेन्टरकाे पाँचाैं जिल्ला अधिवेशनमा प्रेस सेन्टर जुम्लाकाे निवर्तमान अध्यक्ष विजय रावतलाई सम्मान गरिएकाे छ। प्रेस सेन्टर जुम्लाको अध्यक्षको रूपमा निर्वाह गरेकाे सफल नेतृत्व, जिम्मेवारीप्रतिको निष्ठा तथा प्रेस जगतको हितमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै सम्मान पत्र प्रदान गरिएकाे हाे।

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस