सिंजामा नापी र मालपोत कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद् काे निर्णय

जुम्लाको सिंजा गाउँपालिकाकाे प्रशासनिक केन्द्र नराकाेटमा नापी र मालपोत कार्यालय स्थापनाको काम अगाडि बढेको छ। मंगलबार बसेको मन्त्री परिषदको निर्णयले सिंजामा मालपोत र नापी कार्यालय स्थापना गर्ने औपचारिक बाटो खुलेको सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिए ।
सरकारको याे निर्णयले सिंजावासि उत्साह र खुसी भएका छन् । यो निर्णयले विकेन्द्रीकरणको अभ्यासमा एक ठोस कदम चालेको मानिएको छ।
स्थानीय तहका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, प्रशासन र पत्रकारहरू यस सफलताका प्रमुख भागीदार हुन्। अध्यक्ष धितालले भने,” सबै सरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छु । यो सफलता सबैको साझा प्रयासको परिणाम हो। जुम्लाको ऐतिहासिक सिंजा क्षेत्रले आर्थिक र प्रशासनिक रुपमा ठूलो सफलता हाे। सिंजाली जनताको लागि ऐतिहासिक दिन हाे। यो मात्र एक कार्यालयको स्थापना नभई, सिंजाली जनताको विकासप्रतिको अपेक्षामा थप उचाइ थप्ने निर्णय हो। ” ।स्थानीय सरकारको निरन्तर प्रयास र लामो पर्खाइपछि मात्रै यो निर्णय सम्भव भएको अध्यक्ष धितालकाे भनाइ छ। भाेलि मन्त्री परिषद् बाट प्रमाणित हुने सिंजा गाउँपालिका अध्यक्ष धितालले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार
प्रतिक्रिया दिनुहोस