पत्रकार मान बहादुर कुँवर प्लान इन्टरनेशनल नेपाल बाट सम्मानित

जुम्लामा बसेर पत्रकारिता गर्दै आएका पत्रकार मान बहादुर कुँवर प्लान इन्टरनेशनल नेपालबाट सम्मानित भएका छन्। दुर्गममा बसेर सशक्त रुपमा कलम चलाउने कुँवरलाई ललितपुरमा आयाेजित एक औपचारिक कार्यक्रममा सम्मान गरिएकाे हाे।
परम्परागत हानिकारक अभ्यास कुरीति न्युनिकरण तथा बालबालिकाका क्षेत्रमा सकारात्मक परिवर्तन र रुपान्तरणमा आफ्नाे समाचारका माध्यम बाट महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै सम्मान गरेकाे हाे।
बालबालिकाहरूको शिक्षामा पहुँच तथा निरन्तरता, किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको ज्ञानमा वृद्धि,आर्थिक रुपले जोखिममा रहेका परिवारको आर्थिक सशक्तिकरण, समुदायमा रहेको बालविवाह लगायतका सामाजिक हानिकारक अभ्यासको विरुद्ध सचेतना फैलाउन कलम चलाउद‌ै आएका पत्रकार कुँवर विगत ६ वर्ष देखि जुम्लाबाट पत्रकारिता गरिहरेका छन्।
स्थानीय सरकारसामु बालविवाह सम्बन्धी नीतिगत व्यवस्थ, राम्रो कार्यान्वयन र बाल संरक्षण प्रणाली सुदृढीकरणका साथै बालविवाहको अवस्था र यसका असरहरूसम्बन्धी बिभिन्न सचेतना माध्यममार्फत मुद्धा निरन्तर रूपमा उठान गरी समुदायलाई सचेत र सरोकारवालाहरुलाई जवाफदेही बनाउने जुम्ला जिल्लामा हाल सम्मकाे योगदानलाई उच्च कदर गर्दै प्रशंसा पत्र द्वारा सम्मान गरिएकाे छ ।
जिम्मेवार पत्रकारिता माध्यमबाट जुम्ला जिल्लामा सकलरात्मक परिवर्तनका सम्भावनाहरुको सम्वादको रुपमा अभियान अझै सफल र सम्पन्न गर्ने अपेक्षा समेत गरिएकाे छ।

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस