जुम्ला खलंगामा कर्णाली कविता कन्सर्ट हुने भएकाे छ। चिसाेमा ताताे कर्णाली कविता कन्सर्ट नाम दिइएकाे साहित्यिक कार्यक्रम मंसिर ३० गते हुने भएकाे हाे। कला घर जुम्लाकाे आयाेजनामा सञ्चालन हुने कर्णाली कविता कन्सर्टमा जिल्लाका १० जना कविका रचना (कविता) वाचन हुने छन्।
भाषा, साहित्य र सँस्कृतिकाे संरक्षण, सम्बर्द्धन गर्नका खातिर साहत्यिक कार्यक्रमकाे आयाेजना गरिएकाे युवा विक्रम तिरुवा सलिनले जानकारि दिए।
कन्सर्टमा कर्णालीकाे माैलिकता र सिर्जनशीलतालाई जाेडिने छ। चिसाे माैसममा साहित्यिक माहोल तताउन चिसाेमा ताताे कर्णाली कविता कन्सर्ट चल्ने छ।
प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार