
जुम्लाकाे हिमा गाउँपालिका वडा नम्वर ६ पाथरखाेलाकाे एक घरमा आगलागी भएकाे छ। आज (शनिबार) दिउसाे १२ बजेतिर आगलागी हुँदा १ घर जलेर नष्ट भएकाे छ। हिमा गाउँपालिका वडा नम्बर ६ कि तारादेवी शाहिकाे घरमा आगलागी हुँदा १६ लाख बराबरकाे क्षति भएकाे छ।
साेलारमा माेवाइल चार्ज लगाएकाे बेला ब्याट्री विस्फोट भएर घरमा आगलागी भएकाे हिमा ६ का वडा अध्यक्ष उपराज अधिकारीले जानकारी दिएका छन्। माेवाइल ओछ्यानमा चार्ज लगाइएको अवश्थामा ब्याट्रि विस्फाेट भइ आगलागि हुँदा स्थानीय तारादेवी शाहिकाे परिवार विस्थापित भएकाे छ। पैंसा जलेकाे अवश्थामा भेटिएकाे वडा अध्यक्ष अधिकारीले नयाँ कर्णालीलाई जानकारी दिएका छन्।
गरगहना, १ लाख नगद, लत्ता कपडा, भाँडाकुडा, अन्न लगायत गरि झण्डै १६ लाख बराबरको क्षति भएकाे उनले बताए । राहत र पुनर्स्थापनाका लागि सराेकारवाला निकायलाई पिडित परिवार र वडाले अपिल समेत गरेकाे छ। दिउसो घरपरिवार काममा निस्केकाले आगाे नियन्त्रण गर्न नसकिदा पुरै घर खरानी भएकाे छ।
घटनास्थलमा प्रहरी पुगेर फर्किएकाे तथा राहत र पुनर्स्थापनाका लागि पहल भइहेकाे वडा अध्यक्ष अधिकारीले जानकारी दिए।