
सन् २००२ मा संयुक्त राष्ट्र संघकाे साधारण सभामा बालबालिका विशेष सत्रमा बाेलिभिया कि सुश्री ग्रावेलीले बालबालिका का सवालमा भनेकि छन्– ‘हामी समस्याका स्राेत हाेइनाैं, हामी समस्या समाधानका लागि चाहिने समाधानका स्राेत हाैं, हामी खर्च हाेइनाैं लगानी हाैं।’
यसबाट बालबालिकामाथि काे लगानीकाे महत्त्व प्रष्ट झल्किन्छ । स्थानीय तहले बालबालिकाका क्षेत्रमा लगानी कसरी गरिरहेका छन्, भन्ने सवालमा जुम्लाकाे तातोपानी गाउँपालिकामा बालकेन्द्रित बजेट विश्लेषण सम्बन्धि कार्यशाला गाेष्ठि सम्पन्न भएकाे छ। बालबालिकामा लगानी: सुनिश्चित भविष्यकाे थालनी भन्ने नाराका साथ कार्यशाला गाेष्ठि सम्पन्न भएकाे किर्डाक नेपाल अन्तर्गत बाल अधिकार शासन तथा बाल संरक्षण परियोजनाका संयोजक प्रकाश शाहिले बताएका छन्।
गत २०७७ साल देखि हाल सम्म तातोपानी गाउँपालिकामा बालबालिकाका क्षेत्रमा भएकाे लगानीलाई पुनरावलोकन गरिएको छ। बालबालिकामा लगानी गर्नु नै मानव पुँजीमा लगानी गर्नु हाे। बालअधिकार सम्बन्धि महासन्धिलाई नेपालले २९ भदाै २०४७ मा अनुमाेदन गरेकाे थियाे। तिनै तहका सरकारले हरेक तहका बालबालिकाका लगानी गर्नुपर्छ, याे बालबालिकाकाे अधिकारकाे हिसाबले पनि महत्त्वपूर्ण रहेकाे तातोपानी गाउँपालिकाकि उपाध्यक्ष रेवती रावलले बतमइन।

खासगरी सबैको पहुँच हुने गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, पोषण, शुद्ध खानेपानी तथा सरसफाई, हिंसा दुव्र्यवहार शोषण हुनबाट संरक्षण, परिवार विहीनहरूको उचित संरक्षण आदिमा लगानी भनेको देशको मानव पुँजीमा लगानी हो। उनले भनिन्।
बालबालिकाकाे समग्र वृद्वि, विकास र उन्नतिका लागि नीति, बजेट, कार्यान्वयन र उपलब्धिलाई क्रमबद्ध रुपमा जाेड्नुपर्नुमा जाेड दिइएको छ।
तातोपानीमा सेभ द चिल्ड्रेन र किर्डाक नेपालले संयुक्त रुपमा सहयात्रा तेस्राे परियाेजना मार्फत बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागीताका सवालमा काम भइरहेकाे छ।
