सिंजा गाउँपालिकाकाे २ नम्बर वडा बालविवाह मुक्त घाेषणा

जुम्लाकाे सिंजा गाउँपालिका वडा नम्बर २ लाई बालविवाह मुक्त घाेषणा गरिएकाे छ। आज सिंजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालकाे प्रमुख आतिथ्यताका एक औपचारिक कार्यक्रमका बिच सिंजा गाउँपालिका वडा नम्बर २ लाई बालविवाह मुक्त घाेषणा गरिएको हाे। विहेवारी २० वर्ष पारी, हामी सबैकाे एक्यवद्धता, बालविवाह मुक्त सिंजा गाउँपालिकाकाे प्रतिवद्वता भन्ने नाराका साथ सिंजा २ लाई बालविवाह मुक्त घाेषणा गरिएको सिंजा गाउँपालिकाका प्रवक्ता तथा सिंजा २ का वडा अध्यक्ष तीर्थ वडले नयाँ कर्णालीलाई जानकारी दिएका छन्।
सिंजा २ काे आयाेजना तथा पेस नेपालकाे सहयाेगमा आयाेजित कार्यक्रममा बालविवाह मुक्त घाेेषणा तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घाेषणा गरिएको वडा अध्यक्ष वडले बताएका छन्।कुल ५ वटा बस्ति (अगस्तीबाडा, विष्टबाडा, चुलेलगाउँ, रनुखाना र घाेडेङ्गा) मा तीन वटा सामुदायिक विद्यालय रहेका छन्। कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार वडामा जम्मा ३ वटा सामुदायिक विद्यालय छन, वडामा भएका ३७२ जना बालबालिका सबै विद्यालयमा भर्ना भएका छन्।
घाेषणा कार्यक्रममा प्रत्येक टाेलबाट साँस्कृतिक प्रस्तुति समेत देखाइएकाे थियाे।

प्रकाशित मिति : २०८१ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस